सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार

सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २७, २०७५

काठमाडौं । सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।

राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । 

समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेको समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द लुँइटेलले लेखेका छन् ।