एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहनेगरी साझा र विवेकशीलबीच एकीकरण

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहनेगरी साझा र विवेकशीलबीच एकीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २४, २०७७

काठमाडौं ।  विवेकशील साझा पार्टी औपचारिक रुपमा विभाजन भएको २२ महिनापछि पुनः एकीकरण भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले आज पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्नुभएको हो । 

एकीकरण पछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिने भएको छ। पार्टीको चुनाव चिन्ह तराजु रहने छ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहनु हुने छ । 

एकसय तीस जना रहने केन्द्रीय समितिमा दुवै पक्षबाट ६५ ६५ जना रहने छन् ।