प्रेस पास आवेदन र नवीकरण जिल्लास्थित सबै हुलाक कार्यालयबाटै ! (विज्ञप्तिसहित)

प्रेस पास आवेदन र नवीकरण जिल्लास्थित सबै हुलाक कार्यालयबाटै !  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २४, २०७७

काठमाडौँ ।  सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) लाई सरलीकृत गर्नका लागि  पासको आवेदन लिन र नवीकरण गराउन जिल्लास्थित सबै हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७७ मङ्सिर २४ गते एक प्रेस  विज्ञप्ति जारी गरी प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरेको जानकारी दिइएको हो । 

 प्रेस पासका लागि पत्रकार दूर दराजबाट काठमाडौँ धाउनुपर्ने झन्झटिलो र खर्चिलो प्रक्रियालाई अन्त्य गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरको निर्णयबाट उक्त नयाँ व्यवस्था राहत पुग्ने अपेक्षा गरिएको छ  ।  अधिकार प्रत्यायोजनसँगै प्रेस पास नवीकरण जिल्ला हुलाक कार्यालयबाट हुने भएको छ भने नयाँ प्रेस पाउनका लागि पत्रकारले तिनै कार्यालयमा आवेदन दिन सक्नेछन् । त्यस्ता आवेदनलाई अनलाइन प्रक्रियाबाट सूचना तथा प्रसारण विभागले स्वीकृति दिएपछि प्रेस पास वितरण जिल्ला स्तरबाटै हुनेछ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी प्रेस  विज्ञप्ति