लोकसंवाद संवाददाता | समाचार | मंसिर २५, २०७७
काठमाडौँ । सरकारले नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ मङ्सिर २५ गते बिहीबार बसेको साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहिरहेमा पोखरेलले हालका एआइजी शैलेश थापाको पदावधि समाप्त भएपछि ११ महिनासम्म प्रहरी नेतृत्व सम्हाल्ने पाउने छन् । ०७७ मङ्सिर १ ५ गते सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गरिएको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहने व्यवस्था छ ।मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिस र बढुवा समितिले मङ्सिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।