७० औँ मुक्ति दिवस : अल्जाइमर पीडित ज्येष्ठ नागरिक न्यानो कपडा र औषधि प्रदान गरेर मनाइयो

७० औँ मुक्ति दिवस : अल्जाइमर पीडित ज्येष्ठ नागरिक न्यानो कपडा र औषधि प्रदान गरेर मनाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २५, २०७७

 काठमाडौँ । ७० औँ मुक्ति दिवस जेष्ठ नागरिकहरूका साथ सम्पन्न भएको  रामप्रसाद राई स्मृति प्रतिष्ठानले जनाएको छ ।

२००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २४ गते मुक्ति दिवस मनाउने सिलसिलामा बुधबार नक्सालस्थित द होप हर्मिटेजमा आश्रित अल्जाइमरपीडित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र मस्तिष्घातबाट पीडित युवा पवन कार्कीलाई औषधि लगायतका सस्थ्य सामग्री प्रदान गरी मुक्ति दिवस मनाइएको प्रतिष्ठानले जानकारी दिएकाे छ । 

रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रामप्रसाद राईकी छोरी र बुहारीका हातबाट द होप हर्मिटेजकी सञ्चालिका दीपा देवानलाई न्यानो कपडा र औषधि प्रदान गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष पासाङदोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार पारुहाङ राई, महासचिव देवान राई, सदस्य ई. सञ्जीव रोकाहा लगायतले जननायक रामप्रसाद राई र मुक्ति दिवसबारे प्रकाश पार्नु भएको थियाे  ।