लोकसंवाद संवाददाता | समाचार | मंसिर २८, २०७७
काठमाडाैं । जर्मन नेपाल मैत्री सङ्घको हालै जर्मनको कोलोन शहरमा सम्पन्न अधिवेशनले रामप्रताप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सन् २०२०–२०२३ सम्मका लागि भएको सङ्घको निर्वाचनमा उपाध्यक्षमा अल्का खनाल र नर्बट मायर हुनुहुन्छ भने कोषध्यक्षमा उवे हेन्स र सचिवमा क्रिस्टिन पेत्रास हुनुहुन्छ ।
यस्तै सदस्यहरुमा क्याट्रेन अल्थाउस, कमला दाहाल, प्रा डा अष्ट्रिड फुन्के र तमारा ब्युलो हुनुहुन्छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ । जर्मन नेपालबीचको मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने र गैरसरकारी संस्थाहरुमार्फत नेपालको विकासमा सहयोग गर्ने उद्देश्यले ५३ वर्षअघि सङ्घको स्थापना गरिएको थियो ।