‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’:  गृहमन्त्री  थापा

‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’:  गृहमन्त्री  थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७७

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था  र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि  तिनको सपना पूरा नहुने स्पष्ट गर्नुभयो । 

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उहाँको भनाइ थियो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भन्नुभयो, 'यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।' अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।