मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा प्रहरी उपरीक्षक राठोर सम्मानीत

मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा प्रहरी उपरीक्षक राठोर सम्मानीत

लोकसंवाद संवाददाता  |  समाज  |  पुस ०१, २०७७

मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो ।

अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको क्षेत्रमा मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले काम गर्दै आइरहेको छ । नेपाल सरकारले गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी उपरीक्षक राठोरलाई प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको सन्र्दभमा हेटौँडामा एक कार्यक्रमबीच संस्थाले सम्मान गरेको हो । 

कार्यक्रममा प्रहरी उपरीक्षक राठोरले मकवानपुर जिल्लामा भएका विभिन्न घटनामा संलग्न दोषीहरुलाई नियन्त्रणमा लिएर कानूनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको जिकिर गर्नुभयो । मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँडले हाल देशका २३ जिल्लामा रहेका केन्द्रका शाखाले बालबालिकाको संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिनुभयो ।