डा. स्कन्द शुक्ला | ज्ञानविज्ञान | चैत २८, २०७५
संसारभर स्थापना गरिएका रेडियो टेलिस्कोपको संजालमार्फत मानवताको इतिहासमा पहिलोपटक ब्लैक होलको तस्वीर बनाई सार्वजनिक गर्ने कामले विश्वकै ध्यान आकृष्ट गर्यो ।
आकाशगंगाको केन्द्रमा रहेका ब्लैक होलको तस्वीर लिनु निश्चय पनि चानचुने कुरा होइन् । तस्वीर हेरेपछि मलाई आफ्नो कविमित्रसँग यस ‘मुख–नाभि’माथि चर्चा गर्ने भाव जागृत भयो ।
‘ब्लैक होलकोबारे जान्न विज्ञान जगतमा यति विध्न कौतुहलता किन ?’
ब्लैक होल गुरुत्वको चरम हो । सिंगुलारिटी । यहाँ पुगेर सबैकुरा नष्ट हुन्छन् । ब्लैक होलको त्यो सरहद जसलाई हामीले ‘इभेन्ट होराइजन’ नाम दिएका छौं, त्यसभित्रको रहस्यबारे हामी जान्न मात्र होइन, त्यहाँ पुग्न नै चाहन्छौं । तर, वर्तमान भौतिक विज्ञानको नियम अन्र्तगत र वर्तमान भौतिक विज्ञानसंचालित आफ्नो शरीर र यन्त्रबाट त्यहाँ पुग्नु सम्भव छैन् । त्यसैले कौतुहलता हुनु स्वाभाविक हो ।
‘हम्म ! हामीलाई जहाँ पुग्ने इच्छा होस र त्यहाँ पुग्ने सर्वथा असमर्थता होस, यस्तो प्राकृतिक अवयवले हामी भित्र कौतुहलता मात्र होइन एक किसिमको पागलपनकै भाव जागृत गराउँछ ।’
‘अवश्य । जसलाई हामीले आजसम्म कल्पना र अप्रत्यक्ष विधिले मात्रै चित्रित गर्दै आएका थियौं, त्यसलाई टेलिस्कोपका मार्फत बनाएका वास्तविक चित्रबाट हेर्न पाउनु विशिष्ट उपलब्धी नै हो ।’
‘चित्र अस्पष्ट र धुमिल भएपनि वास्तविक चित्र त हो ! महत्व त्यस शक्तिशाली पिण्डको दर्शन पाउनु हो, जसको एक चम्चा पदार्थको भारमा करोडौं सूर्य बराबरी द्रव्यमान समाहित हुन्छ ।’
‘ब्लैक होलका विषयमा जानकारी पाएर विज्ञान कसरी समृद्ध बन्दै गइरहेको छ ?’
ब्लैक होल त्यो स्थान हो, जहाँ गुरुत्वाकर्षण चरम हुन्छ । त्यहाँ आइन्सटाइनको जनरल रिलेटिभिटीका नियम र क्वाण्टम भौतिकीका नियमको संगम हेर्न पाइन्छ । त्यहाँ यी दुबै नियम संयुक्त भएर नष्ट हुन्छन् । ब्रह्माण्डका ठूल्ठूला पिण्ड पनि नष्ट, ती पिण्डलाई संचालित गर्ने भौतिकीका नियम पनि नष्ट हुन्छन् ब्लैक होलमा ।
वर्तमानको हाम्रो विज्ञान अतिवृहत र अतिसूक्ष्म भौतिकीका नियमलाई व्याख्या गर्नसक्ने कुनै एउटा नियमको खोजीमा लागेको छ । अझै सफलता प्राप्त भएको छैन् ।
यस परिप्रेक्ष्यमा हेर्ने हो भने ब्लैक होल आकाशगंगाको त्यो मुख–नाभि हो, जहाँबाट जीवनको अशा होइन वरन् जीवनलाई स्थान प्रदान गर्ने अनेकौं पिण्डको जन्म सम्बन्धी जानकारी प्राप्त हुन्छ । ब्लैक होल त्यो मुख हो जहाँ पसेर ठूल्ठूला तारा, ग्रह लगायतका आदि यावत पिण्ड नष्ट हुन्छन् । र, त्यो नाभि पनि हो जहाँबाट उर्जा हाकिंग विकिरणको रुपमा उत्सर्जित भएर ब्रह्माण्डको दिग दिगन्तसम्म विस्तरित हुन्छ ।
‘ब्लैक होलले प्रकाशलाई पनि आफ्नो घेरामा थुन्छ । यहाँबाट बाहिर आउँछ त मात्र हाकिंग विकिरण ।’
‘के हो यो हाकिंग विकिरण ?’
यो ब्लैक होलको मर्ने प्रक्रिया हो । हाकिंग विकिरणले ब्लैक होलको आकार खुम्चिंदै जान्छ र एक दिन यो पनि नष्ट हुन्छ ।
‘ब्लैक होल पनि कुनै दिन नष्ट हुन्छ !’
ब्रम्हाण्ड सतत् परिवर्तनशील छ । यहाँ केही पनि सदा सर्वदाका लागि होइन् । न सूर्य, न तारा, न ग्रह, न उपग्रह, न आकाशगंगा, न नेबुला, न ब्लैक होल ।
सबैको जन्म हुन्छ, सबैको मृत्यु हुन्छ । सबैको बाँच्ने अवधि फरक फरक हुन सक्छ ।
केही कीट एक रातमै जन्मेर मृत्युलाई प्राप्त हुन्छन् । मानिसको आयु सयवर्ष होला, कुनै रुखको आयु पन्ध्रसय वर्ष होला । पृथ्वीको आयु ५ अरब वर्ष होला, सूर्यको आयु ९ अरब वर्ष होला ।
यसैगरी जति लामो भए पनि ब्लैक होलको पनि आयु हुन्छ चाहे त्यो ५० खरब वर्ष नै किन नहोस ! समय र अवधि त मानिसको हिसाब किताब हो, प्रकृतिका लागि एक सेकेण्ड र ५० खरब वर्षमा कुनै भिन्नता छैन् ।
कुनै दिन ब्लैक होल पनि नष्ट हुन्छ । कविताको भाषामा भन्ने हो भने ब्लैक होल आकाशको त्यो मुख–नाभि हो जहाँ विनष्टि र निर्माण दुबै परिस्थिति विद्यमान हुन्छन् ।
हाम्रो आकाशगंगा मिल्की वे को केन्द्रमा जुन ब्लैक होल छ, त्यसलाई वैज्ञानिकहरुले सैजिटेरियस– ए नाम दिएका छन् ।
सबै आकाशगंगाको केन्द्रमा महाविशाल ब्लैक होल हुन्छन् । यी ब्लैक होल ब्रह्माण्डका प्रयाग हुन जहाँ भौतिक विज्ञानका नियमको संगम र विलय हुन्छ।
याे पनि
यसरी खिचियो ‘ब्लैक होल’ तस्विर
ब्ल्याक होलको तस्बिर आज सार्वजनिक हुँदै