वैशाख २३ मा आमचुनावको प्रस्ताव गरेर शितल निवासबाट फर्कनु  भयाे प्रधानमन्त्री ओली

वैशाख २३ मा आमचुनावको प्रस्ताव गरेर शितल निवासबाट फर्कनु  भयाे प्रधानमन्त्री ओली

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०५, २०७७

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितलनिवासबाट  फर्किनु भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको थियो । 

विश्वस्त सूत्रका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गर्नुभएको बुझिएको छ । यसै विषयमा राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन भने गर्नु भएको छैन ।