आप्रवासी स्रोत केन्द्रबाट १५२६ लाभान्वित

आप्रवासी स्रोत केन्द्रबाट १५२६ लाभान्वित

लोकसंवाद संवाददाता  |  समाज  |  पुस ०५, २०७७

तनहुँ । चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत एक हजार ५२६ जना लाभान्वित भएका छन् । गत मङ्सिर १ गतेदेखि शुरु भएको परियोजनामार्फत  चार स्थानीय र अन्य स्थानीय तहका गरी एक हजार ५२६ लाई सेवा दिएको हो ।

स्रोत केन्द्रबाट व्यास नगरपालिकाका ३८५, भानु नगरपालिकाका १९४, शुक्लागण्डकी नगरपालिकाका २५३ र म्याग्दे गाउँपालिकाका १६८ लाभान्वित भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । त्यस्तै अन्य स्थानीय तहका ५२६ जना लाभान्वित भएका छन् ।

यस अवधिमा स्रोत केन्द्रले ४३ जनालाई सीप तालीमका लागि सिफारिस गरेको छ । व्यासका छ, भानुका तीन, शुक्लागण्डकीका आठ, म्याग्देका १६ र अन्य स्थानीय तहका १० जनालाई सीपमूलक तालीममा सिफारिस गरेको रानाले बताउनुभयो । व्यासका ३८८, भानुका २२१, शुक्लागण्डकीका ४०० र म्याग्देका ४१० गरी एक हजार ४०९ लाई रिटर्नी परिचालन गरिएको छ ।


स्रोत केन्द्रमा ११२ ठगीका मुद्दाका दर्ता भएकामा सात वटा मुद्दा फछ्र्यौट भएको छ । व्यासका दुई र म्याग्देका पाँच ठगीका मुद्दामा पीडितलाई न्याय दिइएको केन्द्रले जनाएको छ । जसबाट रु सात लाख ७० हजार पीडितले प्राप्त गरेका छन् । व्यासका दुई जनाको रु तीन लाख र म्याग्देका पाँच जनाको रु चार लाख ४० हजार रकम फिर्ता भएको संयोजक रानाले बताउनुभयो । 

केन्द्रमा व्यासका २८, भानुका १२, शुक्लागण्डकीका २२, म्याग्देका ३४ र अन्य स्थानीय तहका १६ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये भानु, शुक्लागण्डकी र अन्य स्थानीय तहका मुद्दा प्रक्रियामा छ । केन्द्रमार्फत लकडाउनको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ । व्यासका सात, भानुका ११, शुक्लागण्डकीका ११, म्याग्देका ११ र अन्य स्थानीय तहका १३ जनाको उद्धार गरिएको छ । 


केन्द्रको पहलमा पीडितले रु ७१ लाख ४५ हजार ८२८ आर्थिक सहायता क्षतिपूर्ति प्राप्त गरेका छन् । व्यासमा रु ४३ लाख १४ हजार ३०५, शुक्लागण्डकीमा रु चार लाख ३२ हजार ४४२, म्याग्देमा रु दुई लाख ९९ हजार ८१ र अन्य स्थानीय तहमा रु २१ लाख क्षतिपूर्ति प्रदान गरिएको छ । 


केन्द्रले यस अवधिमा ५४४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको छ । व्यास नगरपालिकाका १९०, भानुका १३३, शुक्लागण्डकीका १०६, म्याग्देका १२० जनालाई मनोसामाजिक परामर्श दिइएको केन्द्रले जनाएको छ । 

केन्द्रमार्फत सामूहिक, क्वारेन्टिन, आइसोलेशन र टेलिफोनमार्फत परामर्श सेवा प्रदान गरिएको छ । त्यस्तै केन्द्रले २५१ जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । व्यासका ३१, भानुका ७२, शुक्लागण्डकीका ८१ र म्याग्देका ६७ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको छ । 

सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय तनहुँमा केन्द्र स्थापित छ । स्रोत केन्द्रका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्ने जस्ता काम गरेका छन् । 

सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास ९स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेस्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा ग्रामीण सशक्तीकरण समाजले उक्त परियोजना सञ्चालन गर्दै आएको छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना ९सामी० परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानूनी सेवा र फर्किएका युवाका लागि सामाजिक पुनःस्थापनालगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।