लोकसंवाद संवाददाता | समाचार | पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन सम्बन्धी निर्णको विरोधमा ओली क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्।
प्राप्त जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले सामूहिक राजीनामाको घोषणाा गरेका हुन्।
क्याबिनेटमा रहेका रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतर मन्त्रीका रुपमा चिनिन्छ ।
उहाँहरूमध्ये थापा र भट्टले राजीनामा दिने नदिने बारे स्पष्ट हुन सकेको छैन ।