ऐतिहासिक उपलब्धि: ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर, पहिलो काल्पनिक तस्बिर सन् १९७९ मै बनेको थियो

ऐतिहासिक उपलब्धि: ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर, पहिलो काल्पनिक तस्बिर सन् १९७९ मै बनेको थियो

आशिष श्रीवास्तव  |  ज्ञानविज्ञान  |  चैत २९, २०७५

सन् १९७९ मा खगोलविद् जिन पियरे ल्युमिनेटसँग सुपर कम्प्युटर थिएन । तर, उनले ब्ल्याक होल कस्तो हुन्छ भन्ने परिकल्पना विज्ञानजगतसामु प्रस्तुत गरे । 

पियरेसँग आइबिएम कम्पनीको आइबिएम ७०४० कम्प्युटर र केही पञ्च कार्डस -punch cards_ थिए । सैद्धान्तिक रूपले उनलाई थाहा थियो– ब्ल्याक होलले प्रकाशको उत्सर्जन गर्दैनन् । तर, ब्ल्याक होलको छेउछाउ हुने अत्यधिक तातो ग्यास र धुलोको अति विशाल बबण्डरले प्रकाश उत्सर्जित गर्छ । 

पियरेले सोचे– यस ग्यास र धुलोबाट उत्सर्जित प्रकाशले ब्ल्याक होलबारे जानकारी दिन सक्छ । र, यस प्रकाशले काल–अन्तराल -space-time_मा गुरुत्वाकर्षका कारण उत्पन्न भएको बक्रता पनि थाहा पाउन सकिन्छ । 

रेफ्रिजेरेटर आकारको आइबिएम ७०४० कम्प्युटरबाट संसाधित साक्ष्यको आधारमा पियरेले मात्र कागज र पेनको प्रयोग गरी आफ्नै हातले ब्ल्याक होलको पहिलो काल्पनिक चित्र बनाए । यस चित्रमा उनले ब्ल्याक होलको इभेन्ट होराइजन बनाएका थिए । यस इभेन्ट होराइजनभित्र ब्ल्याक होलको गुरुत्वाकर्षणका कारण सबै कुरा ब्ल्याक होलमा समाहित हुन्छन् । 

चित्रमा उनले अक्रिसन डिस्क पनि चित्रित गरेका थिए, जुन ब्ल्याक होलले निलेका ताराहरूको मलबाले बनेको धुलो र ग्यासको विशाल बबण्डर हुन्छ । ब्ल्याक होल नजिक एउटा मात्रै अक्रिसन डिस्क हुन्छ । तर, गुरुत्वाकर्षणका कारण यसको स्वरूप विकृत देखिन्छ कुनै विकृत दर्पणमा बनेको छविजस्तै । यस अक्रिसन डिस्कको छवि दुई वटा लम्बवत डिस्कजस्तै देखिन्छ । 

विज्ञानसँग १० अप्रिल २०१९ अघि पियरेले बनाएको ब्ल्याक होलको चित्र मात्रै थियो । उक्त चित्र वास्तविक फोटो नभएर पेन्टिङ थियो । 

तर, १० अप्रिलदेखि यो कथा बदलियो । अब विज्ञानजगतसँग ब्ल्याक होलको वास्तविक तस्बिर उपलब्ध छ । 

इभेन्ट होराइजन टेलिस्कोप प्रोजेक्टमार्फत् वैज्ञानिकले पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा एम–८७ आकाशगंगाको केन्द्रमा रहेको सुपर मैसिभ ब्ल्याक होलको तस्बिर लिने सफलता पाएका छन् । यो तस्बिर १० अप्रिलमा सार्वजनिक गरियो । 

हुनत वैज्ञानिकले हाम्रो आकाशगंगा मिल्की वेमा रहेको सैजिटेरियस–ए ब्ल्याक होलको तस्बिर पनि बनाइसकेका छन् । केही प्राविधिक कारणले यस ब्ल्याक होलको तस्बिर सार्वजनिक हुन सकेन । 

ब्ल्याक होलको तस्बिर बनाउन वैज्ञानिकले आठ टेलिस्कोपबाट प्राप्त गरिएका पाँच हजार ट्रिलियन बाइट्स डाटा खगाल्नुपर्यो । यी डाटा र यसबाट बनाइएको तस्बिरले ब्रह्माण्डको सबैभन्दा रहस्यमय पिण्ड ब्ल्याक होलबारे बुझ्न सहयोग मिल्नेछ । वैज्ञानिकले अब आकाशगंगाको निर्माण प्रक्रिया, विकास र आकारबारे थप जानकारी प्राप्त हुने विश्वास गरेका छन् । 

इभेन्ट होराइजन टेलिस्कोप आठ टेलिस्कोपको नेटवर्क हो । आठ वटै टेलिस्कोपले एउटै पिण्डको निरीक्षण अवलोकन गरे । यी सबैबाट प्राप्त डाटालाई अध्ययन गरी ब्ल्याक होलको तस्बिर बनाइयो । 

संसारभर स्थापित गरिएका यी आठ टेलिस्कोपको क्षमता र कार्य गर्ने प्रक्रियाको तुलना पृथ्वीजत्रो आकारको एउटा टेलिस्कोपसँग गर्न सकिन्छ । हामी सबैलाई थाहा नै छ– पृथ्वीजत्रो आकारको टेलिस्कोप बनाउन सम्भव छैन । 

विज्ञानजगतमा यस प्रविधिलाई भेरी लङ बेसलाइन इन्टरफेरोमेट्री -Very Long Baseline Interferometry-VLBI_ भनिन्छ । यस प्रविधिमा सबै टेलिस्कोपमा समान समय मापनका लागि एटोमिक क्लकको प्रयोग गरिन्छ । 

सबै टेलिस्कोपले कुनै पिण्डको निरीक्षण गर्दा यसमा जडान गरिएका एटोमिक क्लकको समय अनुसारको डाटा मिलान गरिन्छ, उदाहरणका लागि: कुनै टेलिस्कोपको ५ः१३ पिएम जिएमटीको डाटालाई अनुसन्धान गर्नु छ भने अन्य सात वटै टेलिस्कोपको ठ्याक्क यही समयको डाटा अनुसन्धानमा समावेश गरिन्छ । 

र, आठ वटा टेलिस्कोपको डाटा एउटै स्थानमा अध्ययन गरिन्छ । सामान्यतः वैज्ञानिकले इन्टरनेटमार्फत् डाटा प्राप्त गर्छन् । तर, ब्ल्याक होलको तस्बिर बनाउनलाई आवश्यक पर्ने डाटाको साइज पेटावाइटमा थियो, जुन इन्टरनेटबाट पठाउन सम्भव थिएन । त्यसैले वैज्ञानिकले डाटा आदानप्रदान गर्न हार्ड डिस्कको प्रयोग गरे । हार्ड डिस्कलाई हवाइजहाजबाट पठाइयो । यसरी डाटा आदानप्रदान गर्नुलाई वैज्ञानिकले नयाँनाम स्निकरनेट -Sneakernet_ दिए । 

अप्रिल १० मा सार्वजनिक गरिएको ब्ल्याक होलको ब्यास ३८ अर्ब किमि छ र यसको द्रव्यमान सूर्यभन्दा ६.५ अर्ब गुणा बढी छ । पृथ्वीसँग यसको तुलना गर्न सकिन्न । 

हामी बसेको पृथ्वीलगायत सम्पूर्ण सौर्यमण्डलको ९९ प्रतिशत द्रव्यमान सूर्यसँग छ । र, त्यति महाकाय सूर्यभन्दा ६ अर्ब ५० करोड गुणा भारी ब्ल्याक होलसँग पृथ्वीको तुलना नै के ? 

यस तस्बिरमा हेर्नुस्, ब्ल्याक होलको इभेन्ट होराइजनको तुलना अहिलेसम्मको ज्ञात सबैभन्दा ठूलो तारा भिवाइ कैनिस मेजोरिस र विटलगुजसँग गरिएको छ । 

ब्ल्याक होलबारे इएचटीका निर्देशक शेप डोलम्यान भन्छन्– देयर आर भेरी फ्यु टपिक्स व्हेयर वी से बी जस्ट रियली ह्याब नो आइडिया ह्वाट हैपेन्स एट दैट प्वाइन्ट इन द युनिभर्स. वन अफ दोज मे बी कन्सननेस एण्ड एनोदर वन इज द ब्ल्याक होल ।