लोकसंवाद संवाददाता | समाचार | चैत २९, २०७५
रुसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान दिने घोषणा गरेको छ । रुस सरकारका अनुसार ‘अर्डर अफ एंड्रयूज द एपोस्टल’ सम्मानको स्थापना १७ औ शताब्दीमा पिटर द ग्रेटले गरेका थिए । यो रुसको सबैभन्दा पुरानो राष्ट्रिय अलंकरण हो ।
काठमाडौ । रुस सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा सर्वोच्च नागरिक सम्मान ‘अर्डर आफ द सेंट एड्रयूज’ ले सम्मानित गर्ने घोषणा गरेको छ ।
रुसले आज शुक्रबार अप्रिल १२ मा मोदीलाई दुवै देशका वीच विशेष र विशेषधिकार प्राप्त रणनीतिक साझेदारी वृद्धि गर्नका निम्ति यो सम्मान दिने घोषणा गरेको हो ।
रुसी सरकारका अनुसार ‘अर्डर अफ एंड्रयूज द एपोस्टल’ को स्थापना सन् १६९९ मा रुसका तत्कालीन शासक पिटर द ग्रेटले गरेका थिए । यो रुसको सबैभन्दा पुरानो राष्ट्रिय सम्मान हो । रुसी इतिहास अनुसार सन् १९१८ मा तत्कालीन सोभियत संघले यस सम्मानमा रोक लगाएको थियो । तर, १९९८ मा आएर यस सम्मानलाई पुनः स्थापित गरियो ।
मोदी यो सम्मान प्राप्त गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्न पुगेका छन ।
मोदीलाई जारी रहेको सन् २०१९ मा चौथो अन्तरष्ट्रिय सम्मान प्राप्त भएको हो । यस अघि उनलाई दक्षिण कोरियाले शान्ति पुरस्कार, संयुक्त राष्ट्रसंघले ‘च्याम्पियन अफ द अर्थ अवार्ड’ र युएइले सर्वोच्च सम्मान ‘जायेद मेडल’ बाट सम्मानित गरेको थियो ।