लोकसंवाद संवाददाता | समाचार | चैत २९, २०७५
रेमिट्यान्सको कमाई सर्वाधिक भित्र्याउने मामिलामा तीन वर्षदेखि भारत लगातार पहिलो देश बनेको छ ।
सन् २०१८ मा भारतीयले ७९ अरब डलर रेमिट्यान्स देशभित्र पठाएका छन् ।
विश्व बैंकले जनाए अनुसार केरलमा आएको बाढीका कारण पनि रेमिट्यान्समा वृद्धि भएको हुनसक्छ ।
विश्व बैंकको माइग्रेशन एण्ड डेभलपमेंट विषयक जानकारीका सम्बन्धमा छलफल हुँदा यो जानकारी गराइएको हो ।
रेमिट्यान्सको कमाईको सम्बन्धमा चीन दोस्रो, मेक्सिको तेस्रो, फिलिपिन्स चौंथो, तथा इजिप्ट क्रमशः पाँचौमा छन् ।
२०१८मा चीनले ६७ अरब डलर, मेक्सिकोले ३६ अरब डलर, फिलिपिन्सले ३४ अरब डलर र इजिप्टले २९ अरब डलर भित्र्याएका छन् । सन् २०१६ मा भारतले ६२.७ अरब डलर र २०१७ मा ६५.३ अरब डलर रेमिट्यान्स भित्र्याएको हो ।
रेमिट्यान्सको कुरा गर्दा सन् २०१८ मा कुल ६८९ डलर र २०१७मा ४८३ अरब डलर भएको थियो । २०१७को तुलनामा २०१८मा ९.६ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको हो ।