काठमाडौँको तापक्रम शून्य डिग्रीतिर

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर

लोकसंवाद संवाददाता  |  समाज  |  पुस १६, २०७७

काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । 'उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै  छ', मौसमविद् प्रधानाङ्गले भन्नुभयो । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।