भानुभक्त आचार्य | साहित्य | पुस १८, २०७७
आँखामा आँशु मनमा माया
बोकेर आएँ खोज्दै प्रछाया
स्वीकारी देउ प्रेयसी ।
गल्ती भएमा याचक भनेर, भीक्षा देउ क्षमा अलिकति,
कसम भए कुनै खुवाउनलाई, भन म खान्छु सके जति,
तर नभाग दूर अझै अझैं मर्नेछ यो बेहोसी
एक मुठ्ठी अनुराग बोकेर आएँ, स्वीकारी देउ प्रेयसी ।
प्रेमको माला जप्दाजप्दै, जीन्दगी फूलझैं ओइलिसक्यो,
तिम्रो मिलनको वसन्त कुर्दा, यौवन शिशिर भै खुइलिसक्यो,
तर अझै छ हृदय बागमा, यो मनकी षोडसी
प्रेमको पुष्प लिएर आएँ, स्वीकारी देउ प्रेयसी ।
हालः ओटावा विश्वविद्यालय, क्यानडा