पोखरा हस्तकला सङ्घमा खड्का

पोखरा हस्तकला सङ्घमा खड्का

लोकसंवाद संवाददाता  |  समाज  |  पुस १९, २०७७

पोखरा । कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन हुुनुभएको छ । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष  खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

अधिकांश महिलालाई रोजगार दिन सफल यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिएर प्रबद्र्धनमा सघाउन आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दीपक श्रेष्ठले नेपाली हस्तकलाको सामग्रीको बजार व्यवस्थापन गरेर जान सके यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।  उहाँले भन्नुभयो, 'नेपाली हस्तकलाको माग बढ्दो छ तर यसको उचित बजार व्यवस्थापन हुनसकेको छैन । '  

सङ्घका संस्थापक अध्यक्ष हीरा भट्टराईले दशकअघि कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गराएर संस्थाको स्थापना गरेको बताउनुभयो ।