भारतीय विदेश मन्त्री श्रीलङ्का जाने

भारतीय विदेश मन्त्री श्रीलङ्का जाने

लोकसंवाद संवाददाता  |  विदेश  |  पुस २१, २०७७

एजेन्सी । भारतका विदेश मामिला मन्त्री डा।एस। जयशंकर श्रीलङ्काको भ्रमणमा जान लाग्नु भएको छ  ।

उहाँ तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्नुहुने भएको छ । 

मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयको वक्तव्यमा लेखिएको छ, 'विदेश मन्त्री जयशंकरले यही जनवरी ५—७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।'

सन् २०२१ लागेपछिको उहाँको पहिलो विदेश भ्रमण हो ।