लोकसंवाद संवाददाता | समाचार | बैशाख ०१, २०७६
काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको ज्यान गएको छ ।
त्रिभुवन विमानस्थलका अनुसार पाइलट एस ढुंगाना र प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर खड्काको मृत्यु भएको हो ।
समिट एयरको कलसाइन ‘९ एन–एएमएच’ रहेको विमान मनाङ एयरको हेलिकोप्टरसँग ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा जहाज दुर्घटनाग्रस्त भएको थियो ।
विमानस्थलका अनुसार अनुसार दुर्घटनामा समिट एयरका पाइलट आरबी (रवीन्द्र) रोकाया गम्भीर घाइते छन् । यस्तै, एयर होस्टेस पनि घाइते भएको उनकी छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।