महानगरमै खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

महानगरमै खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २६, २०७७

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो । चालु आव २०७७/७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उहाँले बताउनुभयो । नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उहाँले बताउनुभयो । रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उहाँको भनाइ छ ।