लोकसंवाद संवाददाता | समाचार | माघ ०१, २०७७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
उहाँले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गर्नुभएको छ ।
उहाँले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।