लोकसंवाद संवाददाता | समाचार | माघ २०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
सोमबार बसेको चौथौं केन्द्रीय समितिको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाउने निर्णय गरेको छ ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो ।
गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो ।