केयुमा ठगीः शुल्कका नाममा ‘मिटर ब्याज’ असुलिँदै

केयुमा ठगीः शुल्कका नाममा ‘मिटर ब्याज’ असुलिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)ले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ ।

केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् । 

उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत रहेको समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेख्नुभएको छ ।