प्रचण्ड-नेपाल समूहको भोलि आमहड्ताल

प्रचण्ड-नेपाल समूहको भोलि आमहड्ताल

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७७

काठमाडौं । नेकपाको प्रचण्ड(नेपाल समूहले भोलि बिहीबार आमहड्ताल गर्ने भएको छ ।

आन्दोलनको पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको हो । यस सम्बन्धमा थप जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताइन्छ । 

सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड(नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको बताएको छ । 

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज बिहान सपथ लिएका छन्।