लोकसंवाद संवाददाता | समाचार | बैशाख ०४, २०७६
काठमाडौं । साउदी अरबका तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ ।
कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ ।
साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेख्नुभएको छ ।