कर्मचारी समायोजनको मार स्थानीय तहमा

कर्मचारी समायोजनको मार स्थानीय तहमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाको तीन वटा वडा हेर्ने जिम्मेवारी पाउनुभएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ती कर्मचारी समायोजनपछि अहिले गाउँपालिकामा कर्मचारी अभाव भएको छ ।

कर्मचारी समायोजनले स्थानीय तहमा अपुग कर्मचारी पदपूर्ति गर्नुपर्ने थियो । तर, भएका कर्मचारी पनि संघमै समायोजन भएपछि अहिले स्थानीय तहमा अपुग कर्मचारीको संख्या झनै बढेको छ । 

समायोजनमा कर्मचारीले दुर्गम स्थान छाडेका छन् । सुगम रोजेर उनीहरू अन्यन्त्र जाँदा दुर्गमका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव भएको समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेख्नुभएको छ ।