प्रदेश २ मा बजेट रकमान्तर : शिक्षा र स्वास्थ्यको २४ करोड बजेट फुटकर योजनामा

प्रदेश २ मा बजेट रकमान्तर : शिक्षा र स्वास्थ्यको २४ करोड बजेट फुटकर योजनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६

जनकपुर । शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रूपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । 

आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । 

सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको समाचार आजको कान्तिपुर दैनिकमा अजित तिवारीले लेख्नुभएको छ ।