लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | बैशाख ०४, २०७६
काठमाडौं । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ ।
अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट-१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।
यस्तो छ नेपाली स्याट-१
नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर भएको यसको तौल १।३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको खबर आजको नागरिक दैनिकमा छत्र कार्कीले लेख्नुभएको छ ।