लोकसंवाद संवाददाता | समाचार | बैशाख ०४, २०७६
यदि तपाईँ सिइओ बन्ने सपना देखिरहनु भएको छ भने तपाईँको सपना साकार हुने दिन आएको छ । ‘सिइओ फर वान मन्थ २०१९’ कार्यक्रमले ४७ देशका युवालाई यो अवसर प्रदान गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बहुराष्ट्रीय कंपनीमा काम गर्ने तरिका सिकाउनु रहेको छ । साथै सहभागिलाई वास्तविक संसारमा कसरी काम गर्ने भनेर तालिम दिनु पनि कार्यक्रमको उद्देश्य हो ।
यो कार्यक्रम विगत ६ वर्ष देखि ‘द एडिको ग्रुप’ले एमबिए का विद्यार्थीको लागि आयोजना गर्दै आएको छ । यस कार्यक्रमका सहभागीको व्यवसायिक तथा व्यक्तिगत विकासका साथ कुनै कम्पनीमा कसरी काम गर्ने तथा सिइओको भुमिका के हो कसरी आफ्नो काममा सामञ्जस्यता ल्याउने भन्ने बारेमा समेत व्यवहारिक अनुभव संगाल्न पाइने छ ।
‘सिइओ फर वान मन्थ’ कार्यक्रमको लागि ४७ देशमा आवेदन फर्म आव्हान गरिएको छ, त्यसपश्चात सर्टलिस्ट मा परेका उम्मेद्वारलाई अन्तरवार्ताका लागि बोलाइनेछ ।
भारतबाट छानिएका उम्मेद्वारलाई मार्को भालेची, कन्ट्री मेनेजर, कन्ट्री मेनेजर तथा एम डी जस्ता कम्पनीमा काम गर्ने अवसर मिल्नेछ । यस कार्यक्रमका टप टेन उम्मेद्वारलाई ‘कन्ट्री लेभल बुट क्याम्प’मा भाग लिने अवसर प्रदान गरिनेछ । जुनमा हुने इन्टर्नशीपमा जो छनौट हुन्छन उनीहरुर्ले दुई लाख भन्दा माथि तलव प्राप्त गर्नेछन् । साथै उनीहरुलाई ३४ हजार भन्दा बढी कर्मचारी परिचालन गर्ने अवसर प्राप्त हुनेछ ।
सन् २०१५मा ३२ हजारले आवेदन दिएकोमा २०१८ मा बढेर २ लाख ४ हजार आवेदक पुगेका छन् ।
यस कार्यक्रममा आवेदन दिनका लागि ‘द एडिको ग्रुप’को आधिकारिक वेवसाइट ‘डब्लु डब्लु डब्लु डट सिइओ फर वान मन्थ डट कम’ मा जानु पर्नेछ ।