लोकसंवाद संवाददाता | समाचार | माघ २८, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शाक्यलाई सरकारले कुलमान घिसिङ पछि निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो ।