पत्रकार पुष्करलाल श्रेष्ठको निधन

पत्रकार पुष्करलाल श्रेष्ठको निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०७६

नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा श्रेष्ठको निधन भएको हो। 

६० वर्षीय श्रेष्ठको पाँच महिनाअघि  मृर्गौलाको पत्थरी र नाकको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात विभिन्न समस्या देखापरेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारका क्रममा उनलाई जिबिएस भाईरस संक्रमण भएको आशंकामा अस्पतालले  थप उपचारको लागि भारतको हरियाणास्थित मेदान्त अस्पतालमा रिफर गरेको थियो ।

मेदान्तमा दुई महिना उपचार गरेपछि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याएपछि पुनः थप उपचार नर्भिक अस्पतालमा गरिएको थियो ।

पछि चिकित्सकको सल्लाहमा उनलाई उनको निवास भैंसेपाटीमा राखेर नै फिजियोथेरापी लगायतका उपचार गरिंदै आएको थियो । 

अवस्था गम्भिर भएपछि पुनः उनलाई उपचारका लागि नर्भिक अस्पतालमा राखिएको थियो । उनको उपचारका क्रममा वुधवार विहान १२ बजे निधन भएको हो । 

कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेका श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव दिउँसो १ बजेदेखि भूगोल पार्कमा राखिनेछ। उनको आजै अन्त्येष्टी गरिने पनि पारिवारिक स्रोतले जानकारी गराएको छ।