लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | बैशाख ०४, २०७६
इटालियन कंपनी एयरोस्पेस जेंट लियानार्दो द्वारा निर्माण गरिएको ए डब्लु ६०९ यस्तो विमान हो जसलाई उड्न र बस्न एअरपोर्टको जरुरत पर्दैन् । आवश्यक्ता अनुसार यो जुनै ठाउँबाट उड्न र बस्न सक्छ ।
यदि योजना अनुसारको काममा वाधा नआउने हो भने यो विमान सन् २०२० सम्म बजारमा आइसक्नेछ । यो टिल्ट रोटर एयरक्राफ्ट अमेरिकाको फिलाडेल्फियामा यसै साताबाट उत्पादन शुरु हुनेछ ।
फेडरल एविएशन एडमिनिस्ट्रेशनले यो वर्षको अन्तसम्म यसलाई उडानको अनुमति प्राप्त हुनेछ र सबै ठीक रहेका खण्डमा यसले अत्यावश्यक सेवाका लागि काम प्रारम्भ गर्नेछ ।
अमेरिकाको एटलांटामा हेलिकोप्टर एशोसिएसनले आयोजना गर्ने अन्तराष्ट्रिय व्यपार मेलामा कम्पनीले विमानको प्रदर्शन गरेको थियो । विमानले भर्टिकल ल्याण्डिङ्ग तथा टेकअफ अथवा शर्ट ल्याण्डिङ्ग तथा टेकअफ गर्न सक्नुमा यसको रोटरको मुख्य भूमिका रहेको छ । विमानको दुवै पखेटामा हेलिकोप्टरको झैं रोटर हुन्छ जसले विमानलाई हेलिकोप्टर झैं उड्न र बस्न सहयोग गर्छ ।
अमेरिकासँग सैनिक प्रयोजनको लागि यस प्रकारको विमान भि ट्वान्टी टु ओस्प्रे पहिले नै भएता पनि कम्पनीको दावी यो छ कि हालको यो विमान अमेरिकासँग मौजुद रहेको विमान भन्दा धरै गुना राम्रो र बिल्कुल अलग प्रकृतिको हो ।
विमानमा एक यस्तो प्रेसराइज क्याविनको निर्माण गरिएको छ जसका कारण विमान जस्तोसुकै मौसममा पनि २५ हजार फिटसम्म उड्न सक्छ । तर अहिले कम्पनीले यसको प्रयोग स्वास्थ्यसँग सम्बन्धि इर्मजेन्सीमा मात्र प्रयोग गरिने बताएको छ ।
अमेरिकासँग यस प्रकारको २०० वटा हेलिकोप्टर छ जुन उसले सैनिक प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएको छ । सन् २०१५ मा अमेरिकी विमान भि ट्वान्टी टि ओस्प्रे दुर्घटनामा २ जना पाइलटको मृत्यु समेत भएका कारण लियोनार्दो कम्पनी सचेत देखिएको छ ।
यसको सबैभन्दा फाइदा भनेको अंग हस्तान्तरणका मामलामा हो । कसैले दान गरेको मानव अंग समयमै सम्बन्धित स्थानमा यो विमान कारगर हुने देखिएको छ । यसको मूल्य २५ मिलियन डलर रहेको छ, जुन अन्य विमान भन्दा तीन गुणा महंगो हो ।
विमानको माग अमेरिका, जापान तथा युएईबाट समेत भैरहेको छ ।