भारतमा दोस्रो चरणको निर्वाचनमा छैसट्ठी  प्रतिशत मतदान

भारतमा दोस्रो चरणको निर्वाचनमा  छैसट्ठी  प्रतिशत मतदान

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०६, २०७६

भारतमा ९५ सिटका लागि भएको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ ।

चुनावका दौरान कतिपय ठाउँमा हिंसा भएका छन भने एक ठाउँमा भोटिंग मेशिन समेत तोडफोड भएको छ, यसका वावजुद ६६ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । 

दोस्रो चरणमा कुल ९७ सिटका लागि निर्वाचन हुनुपर्नेमा एक केन्द्र शासित प्रदेश सहित १२ राज्यको ९५ सिटमा मतदान सम्पन्न भएको छ । तामिलनाडुको वेल्लोरमा ठूलो परिमाणमा नगद भेटिएको तथा त्रिपुरामा कानून व्यवस्था खराब भएका कारण यी दुइ सिटमा चुनाव स्थगित गरिएको थियो । 

हालै मतदान सम्पन्न भएका राज्यहरूमाः  

उत्तर प्रदेशको  आगरा, मथुरा, नगीना, अमरोहा, बुलंदशहर, अलीगढ़, हाथरस तथा फतेहपुर सीकरी   

बिहारको किशनगंज, कटिहार, पूर्णिया, भागलपुर, बांका  

जम्मू काश्मीरको श्रीनगर अनि उधमपुर  

पश्चिम बंगालको जलपाईगुड़ी, दार्जिलिंग तथा रायगंज

कुन राज्यमा कति प्रतिशत मतदानः

असम ७६.२२ प्रतिशत 

बिहार ६२.३८ प्रतिशत

जम्मू तथा काश्मीर ४५.५ प्रतिशत

कर्नाटक ६७.६७ प्रतिशत

महाराष्ट्र ६१.२२ प्रतिशत

मणिपुर ६७.१५ प्रतिशत

उडिशा ५७.९७ प्रतिशत

तमिलनाडु ६६.३६ प्रतिशत

उत्तर प्रदेश ६६.०६ प्रतिशत

पश्चिम बंगाल ७६.४२ प्रतिशत

छत्तीसगढ़ ७१.४० प्रतिशत

पांडुचेरी ७६.१९ प्रतिशत