सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन १३, २०७७

काठमाडौँ  । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार यस कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी प्रचण्ड र नेपाल काठमाडौँ फर्कनुभएको हो । उहाँहरु आज बिहान १०ः४५ बजे जहाजबाट जानुभएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाटहरु गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्कनुभएको अधिकारीले बताउनुभयो ।  

सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्र पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दै हुनुहुन्छ । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।