लोकसंवाद संवाददाता | विदेश | फागुन १३, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ । डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।
घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप बुधबार घाना पुग्दैछ ।
उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ । उहाँले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिनुभयो । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उहाँले दिनुभयो । तर यहाँको सरकारले यहाँ लगाइ आएको कर्फ्युको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कर्फ्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।
नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।