तपाईँ जे हो फगत  विचार नै हो

तपाईँ जे हो फगत  विचार नै हो

पर्वत भट्टराई  |  जीवनदर्शन  |  बैशाख ०६, २०७६

आदरणीय पाठकहरु अहिले मेरो दिमागमा एउटा विचार आएको छ। त्यो के भने 'तपाईँहरु अहिले के विचार गर्दै हुनुहुन्छ ।' किनकी विचार बिनाको मानिसको कल्पना पनि गर्न सकिँदैंन। राम्रो वा नराम्रो जस्तो होस् विचार त मानिसले आफ्नो प्रत्येक सासमा गरिरहेकै हुन्छ। विचारभन्दा बाहिर रहनु भनेको जीवनको अन्तिम क्षण वा कुनै गम्भीर अस्वस्थताको लक्षण मात्र हुन सक्दछ। मानिसका हरेक विचारहरु असिमित शक्तिका स्रोतहरु हुन्। असल विचारले राम्रो परिणाम र खराब विचारले नराम्रो परिणाम दिन्छन्। मानौं कि विचारहरु हतियार सरह हुन्, तपाईँ जसरी विचारको निर्माण, भण्डारण र परिशीलन गर्नु हुन्छ त्यसरी नै तिनीहरुले परिणाम दिन्छन्। हरेक विचारहरुको आफ्नै संरचना हुन्छ र तिनीहरुको जस्तो संरचना छ त्यस्तै कार्य गर्दछन्। मानिसको दिमागमा दुई खण्ड हुन्छन्। यी दुबै खण्डको बीचमा सामान्य अन्तर रहेको हुन्छ। दिमागको  केन्द्र भाग नै सम्पूर्ण विचारहरु उत्पादन हुने एउटा यन्त्र जस्तै हो। हामी यसै यन्त्रको सहयोगमा आफ्ना विचारहरु बनाउछौं, साँचेर राख्छौ, उपयोग गर्छौं र कतिपयलाई भत्काउछौं पनि ।

कतिपय दर्शनशास्त्रले विचारलाई तत्वको रुपमा लिएको पाइन्छ। विचारको पनि रुप, रङ्ग, गुण, विशेषता, शक्ति र गति हुन्छ। विचारलाई एउटा तत्व मानिए तापनि यो अदृश्य हुन्छ। त्यसैले यसलाई हेर्न, देख्न, स्पर्स गर्न सकिँदैंन तर अनुभव र महसुस भने गर्न सकिन्छ । विचार एउटा अति सुक्ष्म हो जो अति नै वेगवान हुन्छ । जड तत्वभन्दा चेतन सूक्ष्म तत्व अत्यधिक शक्तिशाली हुन्छ। जस्तो कि माटोभन्दा पानी धेरै सूक्ष्म हुन्छ। त्यसैले माटोभन्दा पानी ज्यादा शक्तिशाली हुन्छ। पानीभन्दा त्यसको बाफ सूक्ष्म हुन्छ र बाफभन्दा हावा सूक्ष्म हुन्छ। हावाभन्दा आकाश अर्थात् शब्द सूक्ष्म हुन्छ। शब्दभन्दा प्रकाश अझ सूक्ष्म हुन्छ। प्रकाश भन्दा पनि सूक्ष्म विचार हुन्छ । र, चेतन एवम मानसिक तत्वको दृष्टिकोणबाट हेर्ने हो भने विचार नै सबैभन्दा सूक्ष्म तत्व हो। 

मनो वैज्ञानिकहरुले भनेका छन् कि मानिसले लिने प्रत्येक सासमा तीन–तीन वटा नयाँ विचार उत्पन्न भइ रहन्छन्। ती सबै विचारहरु सकारात्मक सङ्कल्पका साथ गर्ने हो भने आफूले चाहेको कुरा प्राप्त गर्न सकिन्छ। आफूले लिएको संकल्पलाई कार्यरुपमा ढाल्न सोही अनुसारको आचरण गर्नु पर्दछ। छान्दोग्य उपनिषदमा भनिएको छ 'यम् यम् काम कामयते सोः स्यसङ्कल्पादेव समतिष्ठति।' अर्थात् एकाग्रचित्तले मानिस जुन कुराको कामना गर्दछ त्यो संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ। 

चेतन जगतका सबै तत्वहरुभन्दा विचार अति सूक्ष्म र शक्तिशाली भएको कुरा हाम्रा उपनिषद् र अन्य ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ। उपनिषद्हरुमा भनिएको छ, 'इन्द्रियेभ्यः परं मनो मनसः सत्वमुत्तमम्। सत्वादपि महानात्मा महतोःव्यक्तमुत्ततम्।। अव्यक्तस्तु परः पुरुषो व्यापकोःविङ्ग एः वच ।' अर्थात्, इन्द्रियहरु भन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा पर महतत्व छ, र महतत्वभन्दा पर अव्याक्त नाम प्रकृति रहेको छ र प्रकृतिभन्दा पर पुरुष रहेको छ। पूर्वीय दर्शनका अनेक ग्रन्थहरुमा मानिसको (चेतन पुरुषको)विचारलाई सबैभन्दा सूक्ष्म, शक्तिशाली र वेगवान भनेर वर्णन गरिएको छ।

मानिसको जीवनमा उसका विचारको ज्यादै महत्व रहेको हुन्छ। हरेक विचार उत्पन्न हुने र त्यसै हराएर जाने गर्दैनन्। मानिस जे विचार गर्छ, त्यो कहीँ न कहीँ सङ्ग्रहित हुन्छ र एउटा न परिणाम दिन्छ। जस्तो मनोदशा छ त्यस्तै विचार मानिसको चेतनाले उत्पादन गरिरहन्छ। ती विचारले हामीलाई आफ्ना विशेषता र गुण अनुसार परिवर्तन गराइ रहन्छन्। मानिसको जीवन परिवर्तन गर्नमा उसका विचार नै मुख्य कारण हुन्छन्। जसले आफ्ना विचारहरुलाई उचित बाटोमा हिडाँउन सक्छ उसले सुगम अवस्था पाउँछ र जस्ले त्यसो गर्न सक्दैन उसले कठिन अवस्थाको सामना गर्नुपर्छ। हरेक मानिसलाई लाग्दछ कि उसले कुनै दुःख र समस्याहरुबाट टाढै रहनु परोस्। परम् आनन्दको जीवन बिताउन सकियोस्। तर सबैको जीवनमा यस्तो हुँदैन। किनकी हाम्रो दिमागले क्षणक्षणमा असल र खराब विचारहरुको वीउ आफ्नै वरिपरिको वातावरणमा छरिरहेको हुन्छ। असल बीउ छर्नुस् राम्रो बाली फल्छ, कमसल बीउ छर्नुस् नराम्रो बाली फल्छ। कसै प्रति रिसराग, लोभ, डाहा, इर्ष्या, बदला र कुभलो चिताउनु होस्, ती सबै खराब कुरा उसको जीवनमा नराम्रो उर्जाको रुपमा पुग्दछन् र उसलाई सानो ठूलो सङ्कट ल्याइ दिन्छन्। त्यति मात्र कहाँ हो र तपाईँको खराब विचारले अरुमाथि पारेको सङ्कट पुनः परावर्तित भएर तपाईँसम्म आइ पुग्दछ र अन्ततः तपाईँलाई पनि हानि गर्दछ। 

यो आधुनिक विश्व अपवाद बाहेक केवल उपभोक्तावादी हो। जहाँ प्रेम सस्तोमा किन्न पाइन्छ त्यहाँ मुटुको मूल्यमा गिरावट आइ हाल्छ। विचार उत्पादन गर्ने यन्त्रको रुपमा रहेको दिमागलाई हामी चिन्ने कोशीस गर्दैनौं र भन्छौं कि 'ईश्वरले हामीलाई यस्तो बनायो, उस्तो बनायो आदि आदि ।' ईश्वर वा भाग्यले कसैलाई सुखी, दुःखी, मूर्ख, वलवान्, प्रतिष्ठित र बुद्धिमान् बनाउने होइन। ईश्वर त केवल कर्म अनुसार प्राप्त हुने परिणाम हो। त्यसैले होला महाकवि देवकोटाले भनेका थिए'कर्म नै पूजा ईश्वर भन्छ यो लक्ष्मीप्रसाद.......।' भागवत् गीतामा भनिएको छ 'श्रद्धामयोःयम् पूरुषः यो यच्छूद्धः सः एवं सः।' तिमीलाई जस्तो हुने इच्छा छ, आफूलाई त्यस्तै मानेर कार्य गर। आफू, परिवार, समाज, देश र अन्य सबैका प्रति असल विचार राखेर अगाडि बढ, तिमीलाई निश्चित रुपमा ती असल विचारको प्रतिफल स्वरुप सकारात्मक परिणाम प्राप्त हुन्छ। तर कुनै गलत कुराको हकमा भने निरपेक्ष रुपमा सकारात्मक मात्र बनिरहनु असान्दर्भिक हुन्छ।

हरेक क्षण मानिसको मनमा नयाँ - नयाँ विचार उत्पन्न भइ रहन्छन् । मनो वैज्ञानिकहरुले भनेका छन् कि मानिसले लिने प्रत्येक सासमा तीन–तीन वटा नयाँ विचार उत्पन्न भइ रहन्छन्। ती सबै विचारहरु सकारात्मक सङ्कल्पका साथ गर्ने हो भने आफूले चाहेको कुरा प्राप्त गर्न सकिन्छ। आफूले लिएको संकल्पलाई कार्यरुपमा ढाल्न सोही अनुसारको आचरण गर्नु पर्दछ। छान्दोग्य उपनिषदमा भनिएको छ 'यम् यम् काम कामयते सोः स्यसङ्कल्पादेव समतिष्ठति।' अर्थात् एकाग्रचित्तले मानिस जुन कुराको कामना गर्दछ त्यो संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ। 

तपाईँ आफ्ना विचारहरुको मालिक हो। ती तपाईँले कमाएको नगद रकम जस्तै हुन्छन्। तपाईँ आफ्ना विचाहरुलाई उत्पादन, सङ्ग्रह, उपयोग र तिनीहरुको परिणामलाई चुनेर खर्च गर्न सक्नु हुन्छ। तर हामी आफ्ना विचारको उपयोगलाई होइन अरुका विचारहरुको खण्डन र निन्दा गर्नमा आफ्नो दिमागलाई दुःख दिन्छौं। दुःख र तनावहरुलाई त हामी आफै निम्ता दिन्छौं। ती हाम्रा पाहुना सरह भएकोले नचाहेर पनि तिनीहरुको खातिरदारी गर्न हामी बाध्य हुन्छौं। असल पाहुनालाई निम्ता दिनुस्, मन त्यसै प्रफुल्लित हुन्छ। दुःख दिने खालका पाहुनालाई निम्ता दिनुस्, मन खिन्न हुन्छ। अब आफै सोच्नु होस् कि विचारको घरमा कसलाई निम्ता दिने हो। यस बारेमा तपाईँ के विचार गर्नु हुन्छ रु कस्तो विचार गर्नु हुन्छ रु निर्णय तपाईँ आफै लिन सक्नु हुन्छ ।

स्रोतः १। विचार विज्ञान ( खप्तड श्वामी
     २। जीवनमा सफल हुने उपायहरु ( स्वेट मार्डेन

parbat.bhatta@gmail.com

याे पनि

हे ! ईश्वर तिमी कहाँ छौ ?

मोक्ष, निर्वाण, साल्भेसन र हाम्रो जीवन

परिवर्तनका पाइलाहरु रोकेर रोकिँदैनन्

खुशीका रङ्गहरू

दर्शन र मानिस