लोकसंवाद संवाददाता | जीवनदर्शन | फागुन २२, २०७७
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यमः संयमतामहम् ।। २९ ।।
अन्वय र अर्थ – अहं = म, नागानां = नागहरूमध्ये अनन्तः = शेषनाग हुँ, यादसां च = जलदेवताहरूमध्ये पनि, वरुणः = वरुण, अस्मि = हुँ । पितृणां = पितृहरूमध्ये, अर्यमा = अर्यमा र, संयमतां = शासन गर्नेहरूमध्ये, यमः = यमराज, अस्मि = हुं ।
भावार्थ – म नागहरूमध्ये अनन्त, जलदेवताहरूरुमध्ये वरुण हुँ, म पितृगणहरूमध्ये अर्यमा हुँ र शासकहरूमध्ये यमराज हुँ ।
विशिष्टार्थ–अनन्त–जसको कुनै अन्त छैन । नाग– न+अग, न = हैन, अग = सर्प, परन्तु सर्प जस्तै हुन्छ । सर्पको फणा हुन्छ र पुच्छर झीनो हुन्छ, त्यसैले आदि अन्तको बोध हुन्छ, यसमा फण नरहनाले केवल लामो मात्र, जुन कूटस्थमा देखिन्छ , यस नागराजलाई नैअनन्त भन्दछन् । यो नै क्षीर सागरमा विष्णुको शैया हो र विष्णु 'म' हुँ । यसमा सर्वदा तन्मयत्वहेतु अनन्त 'म' रूपले अवस्थित छ, अतः नागहरू मध्ये 'म' अनन्त हुँ ।
'वरुणो यादसामहम्'– वरुण– वृ = वेष्टन गर्नु, जसले वेरिरहन्छ । समुद्र वा रस तत्वले पृथ्वीलाई वेरिरहेको छ । यादः = जलदेवता, जस्तो–कुवा, दह, तलाउ, नदी, नद आदि । प्रत्येक यी सबै जगत्का जीवनी शक्ति हुन् । यी सबै भित्र अर्थात् पुष्टिकरण शक्तिरूपले म विराजमान छु । यी साना शक्तिहरूको आश्रयस्थल समष्टि शक्ति अनन्त देव सागर स्वरूप वरुण नै म हुँ ।
'पितृणामर्यमा चास्मि'–अर्यमा– अर्य (ऋ = गमन)+मन्+कनिन्, कनिन् अर्थमा दीप्ति पाउनु हो । त्यसैले शरीर त्याग पश्चात् जसले पितृलोकमा गमन गरेर उत्तमता र दीप्ति प्राप्त गर्छ उसलाई अर्यमा भनिन्छ ।
साधक ! हेर, क्रिया विशिेषद्वारा जब तिमी चित्राणी भित्र ब्रम्हनाडीमा अति सूक्ष्मरूपले रहन्छौ, तब तिमी स्थूल शरीरमा रहेका हुँदैनौ, अर्थात् यो स्थूल देह छ छैन यसको तिमीलाई ज्ञान हुँदैन (स्थूलदेहलाई छोडेर जुन व्यक्तिहरू रहन्छन् त्यो नै पितृलोक हो) । यस अवस्थामा तेजोराशिमध्ये कूटस्थमा जुन पु मूर्ति (आत्म स्वरूप) को दर्शन हुन्छ तिनै पितृदेव अर्यमा हुन् । साधकलाई उत्साहित गर्न यी पूजनीय देवता उपयुक्त समयमा उपस्थित भएर आशीर्वाद दिन्छन् । स्थूलदेहदेखि भिन्न जुन ज्योतिर्मय स्वस्वरूपको दर्शन कूटस्थमा हुन्छ त्यो अर्यमा पनि 'म' हुँ ।
यस समयमा तिमी एक प्रकार स्वप्नवत् अवस्थामा रहेर कूटस्थको अण्डाकार स्थानमा सुन्दर प्वांख भएको सुनौलो जुन पक्षीलाई देख्छौ, त्यो नै गरुड हो, विषयरूप विषलाई यसैले नाश गर्दछ, त्यसकारण यसको नाम गरुड हो, (गृ+उडच्) । यस अवस्थामा मन विषय शून्य वनेर चिदाकाशमा रहन्छ । ममा पनि विषय छैन । जसका पक्ष छन् ती सबै आकाशमा घुम्छन्, ती सबै पक्षी हुन् । अतः पक्षिहरूमध्ये गरुड 'म' हुँ ।
'यमः संयमतामहम्'– संयमनीपुरका अधिपतिलाई यम भन्दछन् । यम्+घञ् – जसले निवृत्ति गराउँछ उही यम हो । निवृत्ति भनेको अन्तःकरणको शून्य अवस्था हो । प्रत्याहार पछि धारणा, ध्यान र समाधिको एकत्र समावेश अवस्थाको नाम संयम हो । जुन अवस्थामा अहिंसा सत्य (सत्यं परहितं प्रोक्तं) अचौर्य, ब्रम्हचर्य र अपरिग्रह प्रतिष्ठित रहन्छ त्यसैलाई 'यम' अवस्था भनिन्छ । जीवित रहेर पनि जुन अवस्थामा 'म' निश्चेष्ट अवस्थामा (मृत्यु, निद्रा, मूच्र्छा, अज्ञानता केही नरहेको एक प्रकारको कष्ट शून्य अवस्था) हुन्छु । जब यो अवस्था अति दीर्घकालसम्म स्थायी रहन्छ (धारणा, ध्यान, समाधि भंगको आशंकासम्म पनि रहदैन), अनि मात्र यो अवस्था हुन्छ । संयम सानो र यम ठूलो अवस्था हो । यी दुबै नै मेरा अवस्था हुन् । त्यसकारण संयम मध्ये म 'यम' हुँ । यस शरीरलाई नै प्रेतपुर भन्दछन् ।
प्रह्लादश्चास्मि दैत्यानां कालः कलयतामहम् ।
मृगाणाञ्च मृगेन्द्रोऽहं वैनतेयश्च पक्षिणाम् ।। ३०।।
अन्वय र अर्थ–अहं = म, दैत्यानां = दैत्यहरूमध्ये, प्रह्लादः = प्रह्लाद, च = र, कलयतां = वशीकरण गर्नेहरूमध्ये, कालः = काल, अस्मि = हुँ, अहं = म, मृगाणां च = मृगहरूमध्ये पनि, मृगेन्द्र = सिंह, पक्षिणां च = पक्षिहरुमध्ये पनि, वैनतेयः = गरुड हुँ ।
भावार्थ – म दैत्यगणमध्ये प्रल्हाद, वशीकरीहरूमध्ये काल, मृगहरूमध्ये सिंह,र पक्षिहरूमध्ये गरुड हुँ ।
विशिष्टार्थ – 'प्रह्लादश्चास्मि दैत्यानां' – प्रह्लाद – (प्र= ख्याति+ह्लाद= आह्लदित् हुनु+अन्) जो आह्लद (प्रसन्नता) का लागि ख्यातिमान छ, उही प्रह्लाद हो । दैत्य – दितिबाट जुन वंशको उत्पत्ति भएको छ । दिति पुत्रकामनाको लागि अनार्य समयमा कश्यपसंग जान्थिन् त्यसकारण उनीबाट असत् वंशको उत्पत्ति भयो । असत्को अस्तित्व छैन, त्यसैले यो वंश मरधर्मी छ । कुनै समयमा यस वंशका कुनै पुरुषले सज्जन (नारद) को कृपाले असत्को 'अ' लोप गरिदिएका थिए, तब उनमा सत् मात्र विद्यमान थियो । सत्मा क्षयोदय हुँदैन । विष्णु नै सत् शब्दको वाच्य वा बोधक हुनुहुन्छ । 'ह्लाद' विष्णुमा नै प्रतिष्ठित छ । दितिको वंशमा त्यो ह्लादरूप विष्णुको अधिष्ठान जुन पुरुषमा भएको थियो उनैलाई प्रल्हाद भन्दछन् । सोही प्रह्लाद 'म' हुँ ।
'कश्यप'– कश्यको अर्थ मद्य हो' जसले मात लाग्छ, 'प' पान गर्नुलाई भन्दछन् । साधक ! तिमी आफू भित्र प्रवेश गरेर मिलाऊ । जब सुधाधाराले विलोम गति लिएर तिमीलाई उन्मत्त गराउँछ, तब तिम्रो अन्तःकरणमा कुनै क्रियाको पनि स्फुरण हुँदैन, त्यसरी तिमी निष्क्रिय पनि हुँदैनौ । तिमीले तिम्रो यस अवस्थालाई नै कश्यप अवस्था भनेर जान । यस निष्कलंक अवस्थामा पूर्वकृत विषय भोगको संस्कारको उदय हुँदा कहिले काहिं तिम्रो त्यो स्थिरत्वमा जुन कम्पन हुन्छ त्यो नै तिम्रो दिति अवस्था हो । यस अवस्थामा तिमीलाई केही वाह्य दिशामा होश रहन्छ, र अपरूप सुवर्णमय भीषण ज्योतिले तिमीलाई धपक्क ढाक्दछ, तिम्रो यो अवस्था नै हिरण्यकशिपु अवस्था हो । हिरण्यको अर्थ हो सुवर्ण र कशिपुको अर्थ हो ग्रास आच्छादन (अनिवार्य जीवन साधन) । तिमीलाई वशमा राख्नका लागि प्रकृतिको यो मनोहारी चेष्टा पनि जब विफल हुन्छ, त्यस विफलतालाई अनुभव गरेर तिमीमा जुन अपूर्व हर्षोत्पत्ति हुन्छ, त्यो हर्ष नै प्रह्लाद हो ।
'कालः कलयतामहम्'– कलयतां = वशीकरण गर्नेहरूमध्ये । मणि, मन्त्र, महौषधिद्वारा पनि वशीकरण हुन्छ, अर्थात् जति प्रकारका वशीकरी शक्तिहरू छन् ती सबै मध्ये 'म' सर्ववशी 'काल' हुँ । काल–'क' ब्रम्हलोक, 'आ' आकाश, 'ल' पृथ्वी । यी तीनै मिलेर भुवनकोष बन्छ । यसभित्र जे जति पदार्थहरू छन् ती सबै यस कोषका वशीभूत छन् अर्थात् उत्पत्ति, स्थिति, लय यसै कोषभित्र हुन्छ । जो जहाँ छ त्यसले त्यही स्थानमा काम गर्छ, आफ्नो स्थान छोडेर हट्ने अधिकार कसैलाई छैन । फेरि यो कोष पनि ममा नै प्रतिष्ठित छ । अतएव वशीकरीहरूमध्ये कालरूपले 'म' नै विद्यमान छु ।
'मृगाणां च मृगेन्द्रोऽहं' – मृग पशु हो । पशुहरूमध्ये मृगराज सिंह 'म' हुँ (जो कूटस्थमा देखिन्छ) अन्तर्लक्ष्य गरेर हेर्दा मृग शब्दमा याचना, याचना समूह मध्ये श्रेष्ठ छ – मुमुक्षुता ।
'बैनतेयश्च पक्षिणाम्'– बैनतेय– विनताका गर्भजात अण्डज गरुड । विनताको अर्थ हो – विशेष नम्रशील साधक ! हेर, क्रिया गर्दा गर्दा तिम्रा दुई अवस्था हुन्छन् । एक अधः, दोस्रो ऊध्र्व । जब पञ्च कर्मेन्द्रिय, पञ्चज्ञानेन्द्रिय र पञ्चप्राण लिएर मन बहिर्मुखीवृत्ति विषय भोग गर्नका लागि पाञ्चभौतिक स्थूल शरीरको आश्रय लिन्छ, त्यसलाई नै कृष्णगति अर्थात् अविनता अवस्था भन्दछन्, र जब तिमी बहिर्वृत्तिलाई समेटेर ऊध्र्वमुखमा शुक्लगति लिन्छौ, तब तिमी पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय र पञ्चप्राणलाई लिएर (स्थूल शरीरका साथ जाग्रत अवस्थालाई त्याग गरेर) सूक्ष्म शरीरमा क्रिया गर्दछौ, त्यही तिम्रो विनता अवस्था हो । यस समयमा तिमी एक प्रकार स्वप्नवत् अवस्थामा रहेर कूटस्थको अण्डाकार स्थानमा सुन्दर प्वांख भएको सुनौलो जुन पक्षीलाई देख्छौ, त्यो नै गरुड हो, विषयरूप विषलाई यसैले नाश गर्दछ, त्यसकारण यसको नाम गरुड हो, (गृ+उडच्) । यस अवस्थामा मन विषय शून्य वनेर चिदाकाशमा रहन्छ । ममा पनि विषय छैन । जसका पक्ष छन् ती सबै आकाशमा घुम्छन्, ती सबै पक्षी हुन् । अतः पक्षिहरूमध्ये गरुड 'म' हुँ ।
पवनः पवतामस्मि रामः शस्त्रभृतामहम् ।
झषाणां मकरश्चास्मि स्रत्रोतसामपि जाह्नवी ।। ३१ ।। क्रमश:
यो पनि
जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !
'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम
पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !
उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !
कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना