अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचनको घोषणा माग

अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचनको घोषणा माग

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २५, २०७७

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताउनुभएको छ । राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोग र संवैधानिक निकायले कसैको दबाबमा नपरी आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड  दिनुभयो । 
    
भेलामा राप्रपा मकवानपुरका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपाने,  हेटौँडा नगरका अध्यक्ष गुरुप्रसाद सापकोटा र थाहा नगर समितिका अध्यक्ष सङ्गम रायमाझीले पार्टीप्रति जनताको आस्था बढाउन र पार्टी सङ्गठनलाई दरिलो पार्न नेता तथा कार्यकर्ता जनताको घरदैलामा पुग्नुपर्ने बेला आएको बताउनुभयो ।