लोकसंवाद संवाददाता | समाचार | फागुन २७, २०७७
काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गर्नुभयो ।
उहाँले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिनुभयो । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो ।