हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

विज्ञान कथा भाग- ७

हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  बैशाख ०७, २०७६

जेष्ठ २० गते काठमाडौंमा अघोषित कफ्र्यूकै वातावरण थियो । दरबारमा गोली चलेको विवरण कुनै पनि पत्रिकाले दिन सकेनन् । जति मुख त्यति कुरा । मलाई आभास भइसकेको थियाे, घटना ठूलो  छ, दिउँसो कफ्र्यू घोषित हुनसक्छ । एउटा ‘ट्याक्सी’ लिएर हामी पशुपति पुग्यौं । 

 मृत शरीर उपलब्ध नहुँदा गरिने अन्त्येष्टिको स्वरुप मलाई ज्ञात थियो, तर कता कता मेरो मनले त्यो सब गर्न मानेन् । साँच्चै भन्ने हो भने मलाई लागि रहेको थियो, देवराजले भनेझैं मेरो मित्रको निर्वाण भएको थियो । यी सब लौकिक विधि विधान मृतकको समुन्नत यात्राका लागि गरिने परम्परा हुन् । निर्वाणलाई उपलब्ध व्यक्तिका लागि यिन्को कुनै औचित्य छैन्  । 

 त्यसैले मैले आफ्नो सन्तुष्टिका लागि मात्र विधि विधान गर्ने सोच लिएँ । र एउटा ब्राहृमणलाई शान्ति पाठ गर्न लगाएँ । पूजा सम्पन्न भएपछि पश्चिमी मूलद्वार बाहिरबाटै पशुपतिनाथलाई प्रणाम गरी हामी फर्कियौं। 

काठमाडौंका मूल सडक सुनसान थिए, भित्र भित्रका गल्ली र चौकमा मानिसहरु उभिएर दरबारकाण्डबारे चर्चा गरिरहेका थिए । हामी गेष्ट हाउस पुगेपछि थाहा भयो, राजा रानी लगायत धेरै जना सदस्य गोलीकाण्डमा विदा भए । युवराज पनि घाइते छन् । सबैजना घटना यसरी भयो, त्यसरी भयो, यसले गरेको हो, उसले गरेको हो अथवा यसले गराएको हो भन्ने चर्चामा व्यस्त थिए । यो कुनै चर्चामा मलाई अभिरुचि भएन किनकी मलाई घटनाको मूल नै थाहा थियो । देवराजले भनिसक्नु भएको थियो, ‘म जाँदा केही ठूलो उथलपुथल हुन्छ ।’ 

काठमाडौंका मूल सडक सुनसान थिए, भित्र भित्रका गल्ली र चौकमा मानिसहरु उभिएर दरबारकाण्डबारे चर्चा गरिरहेका थिए । हामी गेष्ट हाउस पुगेपछि थाहा भयो, राजा रानी लगायत धेरै जना सदस्य गोलीकाण्डमा विदा भए । युवराज पनि घाइते छन् । सबैजना घटना यसरी भयो, त्यसरी भयो, यसले गरेको हो, उसले गरेको हो अथवा यसले गराएको हो भन्ने चर्चामा व्यस्त थिए । यो कुनै चर्चामा मलाई अभिरुचि भएन किनकी मलाई घटनाको मूल नै थाहा थियो । देवराजले भनिसक्नु भएको थियो, ‘म जाँदा केही ठूलो उथलपुथल हुन्छ ।’

म र मित्र दुबै जना कोठामै थियौं । देवराजसँगको भेटपछि हाम्रा अधिकांश गफ गर्ने विषय समाप्त भएका थिए । अध्यात्म र विज्ञान दुबै क्षेत्रमा हाम्रो पहुँच र चियोचर्चो गर्ने सम्मको समाधान देवराजले गरिसक्नु भएको थियो । खाने, पिउने, सुत्ने र कामक्रीडा बाहेक केही अभीष्ट थिएन हामीसँग । संसार ज्ञानले होइन, अज्ञानताले पो चलाएको रहेछ । ज्ञान त सबैलाई भस्म गरेर आफु पनि समाप्त हुने अग्नि पो रहेछ । म ढल्केर यस्तै चिन्तनमा निमग्न थिएँ कि कोठामा रहेको फोनको घण्टी बज्यो । 

मित्रले फोन उठाइन, जर्मनबाट रहेछ । उता उनीहरुले पनि ‘क्रया्श’ बारे थाहा पाई सकेका रहेछन् । निकै बेर उनको वार्तालाप चल्यो । पछी विवरण सुनाउँदै उनले भनिन्, मेरा परिवारका सदस्य दुर्घटनाबारे थाहा पाएर अति व्याकुल भएका छन् । मैले अन्तिम समयमा तिमीले मलाई रोकेको भनीं दिए । सबैजना तिमी प्रति अत्यन्त कृतज्ञ बनेका छन । उनीहरु मलाई जर्मनमा हेर्न चाहन्छन् । मेरा पतिको चाहना म एक्लै नआउँ भन्ने छ । उनी मलाई लिन आज राति कै ‘फ्लाइट’ ले नेपाल आउँदै छन । भोली बिहानको ‘ब्रेकफास्ट’ गर्न आईपुग्छन् ।

   यो त खुशीको कुरा हो, मैले भनें । 

 यसपटक उनीसँग समय छैन, उतैबाट आफ्नोे र मेरो ‘रिटर्न’ टिकट लिएर आउँदैछन् । तर उनको ‘प्रमिस’ छ, दुई महीनापछि उनी मसँग १५ दिनको विदामा नेपाल आउँछन् । 

 तर तिमी तयार भएर बस, मेरा पति पटक्कै पनि अध्यात्मिक छैनन् । इन्जीनियर हुन, जर्मन इन्जीनियर ! भन्दै उनी हाँसिन् । 

 म कुन चाँहि अध्यात्मको झण्डा बोकेर प्रचारमा हिंडेको छु र मैले तयारी गर्नु ? म त आयाराम गयाराम हो, जस्तो माहौल हुन्छ त्यस्तै भईदिन्छु भनी मैले पनि हाँसो गरें । 

 हामी दिनभरि नै कोठामै रह्यौं । वर्षौंपछि टिभि हेरियो । राजारानीको अन्त्येष्टिको प्रत्यक्ष प्रसारण हेर्दा मन द्रवित भयो । वर्तमान कति प्रभावी हुन्छ भन्ने संज्ञान भयो । 

निश्चय पनि यौन सम्बन्ध हाम्रा लागि विज्ञानले गर्ने चेतन र जडको भेद छुट्टाउने क्रिया मात्र थिएन । आधुनिक विज्ञानले, जसले ‘प्रोडक्शन’ गर्नसक्छ ऊ चेतन र गर्न नसक्नेलाई जड् भनी व्याख्या गरेको छ । र ‘प्रोडक्शन’ मैथुनीय छ । हाम्रा लागि भने मैथुनीय क्रिया , पहिलो कुरा त क्रिया थिएन, पूजा थियो, आराधना थियो, यज्ञ थियो । पूजा, आराधना एवम् यज्ञ जबसम्म क्रियाका भावले गरिन्छ त्यो फगत नौटंकी हो अथवा व्यवसाय हो । 

 दोस्रो दिन हामी चाँडै नै उठेर तयारी भईसकेका थियौं । आठ बजेतिर मित्रका पति आईपुग्ने कुरा थियो । हामी बसेको ‘गेष्ट हाउसले’ नै उनलाई ‘रिसीभ’ गर्न गाडी पठाई दिएको थियो । हामी कोठामा बसेर उनको प्रतीक्षा गरिरहेका थियौं । 

 ‘बेल’ बज्यो, मित्र फूर्तीसाथ ढोका खोल्न पुगिन् । आगन्तुकले ओह ‘हाली’ भन्दै उनलाई आलिंगन गरे । ‘इट अल वाज शाकिंग,’ भन्दै उनी मतिर आए, ‘माइसेल्फ ग्रेगोर’ भन्दै उनले मलाई अँगालो हाले । हाली... उनी प्रेमपूर्वक आफ्नी पत्नीलाई यस नामले बोलाउँदा रहेछन् । आफ्नो पत्नीको देख रेख र नयाँ जीवन प्रदान गर्नका लागि म तिम्रो चिर ऋणी रहने छ भन्दै गर्दा भावावेगले उनका नयन अश्रुसिंचित बनेका थिए । 

 ग्रेगोर हामी कहाँ भनाई छ, ‘मृत्यु न आउँदा सम्म कोही मर्दैन,’ सब परमात्माको अनुकम्पा हो, मैले स्थितिलाई सहज बनाउने चेष्टा गरें ।

 मलाई परमात्माबारे केही ज्ञान छैन, मेरा लागि तिमी नै परमात्मा बनेका छौ, उनले भने । 

हालीले (अब जर्मन महिला मित्रबारे यही नाम प्रयोग गर्न उपयुक्त लाग्यो) प्रसङ्ग बदलिने उद्देश्यले भनिन्, ग्रेगोर तिमी ‘फ्रेश’ होउ, हामीले पनि ‘ब्रेकफास्ट’ गरेका छैनाै‌ । तिमी ‘फ्रेश’ भएपछि ‘ब्रेकफास्ट’ गर्दैै गफ गरे हुन्न र ?

म कुन चाँहि अध्यात्मको झण्डा बोकेर प्रचारमा हिंडेको छु र मैले तयारी गर्नु ? म त आयाराम गयाराम हो, जस्तो माहौल हुन्छ त्यस्तै भईदिन्छु भनी मैले पनि हाँसो गरें ।

   ‘ओके’ म छिट्टै ‘फ्रेश’ भएर आउँछु, बरु तिमीहरु ‘ब्रेकफास्ट’ अर्डर गर्दै गर । 

 होइन हामी ‘ब्रेकफास्ट’ गर्न बाहिर जान्छाै, हालीले भनिन् । 

‘दैटस टू गुड’ म दस मिनेटमा आएँ भनी उनी ‘वाथरुम’ पसे । यो समयमा हालीले उनको ‘ब्याग’ खोलेर मिलाइन र उनले फेर्ने लुगा झिकेर पलंगको एक कुनामा राखी दिइन् । 

‘ब्रेकफास्ट’ गर्दै ग्रेगोरले भने– हालीले तिमी ब्राहृमण हो भनेकी थिइन, के हो यो ब्राहृमण ? अनि को हुन ब्राहृमण ?? 

 गे्रगोर, सनातन वैदिक परम्पराअनुसार जसले ब्रहृमलाई जान्दछ, त्यो ब्राहृमण हो । 

तर, तिमी त जन्मले नै ब्राहृमण होइन र ? 

म जन्मले ब्राहृमण हुने कुरा मान्दिन, ब्र्रहृमलाई नबुझेसम्म म ब्राहृमण होइन । म ब्रहृमलाई जान्ने पथमा अग्रसर भएको छु, जुन दिन जान्न समर्थ हुन्छु, म आफूलाई ब्राहृमण घोषित गर्छुु । 

‘इन्ट्रेस्टिंग भ्यू’ यदि तिमीले भनेको सत्य हो भने जातिवादको भेद किन ? गे्रगोरले सोधे । 

जु्ुन सभ्यता जति पुरानो हुँदैजान्छ त्यसमा विकृति आउनु स्वभाविक हो । हजारौं वर्षको निरन्तरतामा यस्तो हुन गएको हो । तर गहिरिएर हेर्नुस ब्रहृमलाई जान्ने र ब्रहृम अथवा ब्राहृमण्त्वलाई उपलब्ध हुने व्यक्तिको लिस्ट खोतल्नुस, त्यहाँ जन्मले ब्राहृमण नभएकाहरुको लर्को नै भेटिन्छ ।

‘रियल्ली, क्यान यू गिभ सम एक्जाम्पल्स’ । 

‘व्हाई नाट, एण्ड व्हाई सम ओनली’ । २ हजार ५ सय वर्ष पूर्व ‘नन ब्राहृमण’ सिद्धार्थ गौतम त्यो पदमा पुगेका थिए  । 

‘तर उनी त ‘बुद्धिस्ट’ थिए ?’ 

त्यसो भए जिसस क्रइस्ट जन्मले क्रिश्चियन थिए ! 

नो, नो, उनी जन्मले यहुदी थिए, क्रिश्चिएनिटी त उनी पश्चात जन्मियो, ग्रेगोरले भने । 

 हो, यसरी नै गौतम बुद्ध जन्मले सनातन वैदिकधर्मी थिए । उनका सबै ‘फलोवर्स’ पनि यिनै थिए, जुनपछि गएर ‘बुद्धिस्ट’ कहलिए । 

‘ओह, आई सी ।’ आधुनिक युगका केही उदाहरण देऊ । 

विवेकानन्द, अरविन्दो, रमण महर्षि, मेहर बाबा, शिरडी साइबाबा, सत्य साइबाबा, ओशो रजनीश, महेश, योगी, अमृतानन्दमयी माँ, आनन्दमार्गी प्रभात रंजन सरकार, चिन्मयानन्द, साधुवासवानी, ब्रहृमकुमारीका संस्थापक लेखराज,  रामचन्द्र मिशनका कमलेश पटेल,  गुजरातका अति प्रसिद्ध करोडाैं अनुयायी हुने पांडुरंग शास्त्री अठावले, सदगुरु जग्गी वासुदेव, जय गुरुदेव, देवराहा बाबा, चिद्विलासानन्द, राधास्वामी सत्संग व्यासवाला, राधास्वामी दयाल बागवाला, निरंकारी हरदेव सिंह, बाल योगेश्वर, सतपालजी महाराज, कर्नाटकका लिंगायत परम्पराका गुरु, स्वामी नारायण अक्षरधामवाला, सत्यनारायण गोयन्का विपश्यनावाला, गीता प्रेसका जयदयाल गोयन्का, हनुमान प्रसाद पोद्दार, परमहंस योगानन्द, इस्कोनका प्रभूपाद अथवा भक्ति वेदांत, मुक्तानन्द, स्वामी परमानन्द, साध्वी ऋतम्भरा, पाइलट बाबा, नित्यानन्द...‘स्टप, स्टप, यू मीन आल दीज गुरुज आर नाट ब्राहृमिन वाइ बर्थ, ग्रेगोरले आश्चर्यपूर्वक सोधे । 

‘यस’, ग्रेगोर मैले नाम लिएका मध्ये कोही पनि जन्मले ब्राहृमण होइनन् । 

पश्चिमको मीडियाले प्रचारित गरेको त पूर्णतयाः मिथ्या छ त्यसो भए । यतिका गुरु र करोडौं संख्याका अनुयायी हुँदाहुँदै पनि यो भ्रामक प्रचार कसरी टिकीरहेको छ, आश्चर्य ? ! 

अनि नेपालको स्थिति के छ ? 

वेद मर्मज्ञ प्रपन्नाचार्य, योगी नरहरीनाथ, स्वामी चन्द्रेश, स्वामी अरुण, विपश्यनाका रुपज्योति, विकासानन्द, लाल ब. विश्वकर्मा, फाल्गुनानन्द, आदि । 

‘क्यान यू टेल मी ब्हाट इज टाइम’ ग्रेगोरले सोधे ?

म समयमाथि तपाईसँग चर्चा गर्नु सक्छु, ‘रेडीमेड’ उत्तर दिन सक्दिन, तपाईले आफैं बुझ्नुपर्ने हुन्छ । 

ओ.के. म प्रयास गर्छु । 

त्यसोभए कुन समय माथि चर्चा गर्ने ? तपाईँले मस्तिष्कमा बोकेको समय, घडीले बताउने ‘मेकेनिकल’ समय वा पृथ्वीको घूर्णनले महसुस हुने समय वा ‘प्लांक समय’ अथवा त्यो भन्दा पनि पारीको समय ! 

यी बेग्लाबेग्लै हुन र ? उनले आश्चर्य भावले सोधे । 

त्यो त तपाईँको बुझाईमा निर्भर गर्छ ।

 ‘आई लाइक एण्ड एप्रिसियट योर स्टाइल अफ कन्भरशेशन ।’ साँच्चै भन्ने हो भने मैले आफ्नो प्रश्नको जवाफ पाईसकें, तर म अन्य कसैलाई बुझाउन सक्दिन, त्यो स्तरको बुझ्न मात्र अब चर्चा बाँकी रह्यो । कृपया निवस्त्र बनाई दिएको समयलाई ‘ड्रेसअप’ गरि दिएर पुनः प्रस्तुत गर । 

ग्रेगोरको भनाईमा हालीले अचम्म मान्दै भनिन्– ‘ग्रेगोर यो तिम्रो बिहेबियर’ नै होइन, तिमी त दस मिनेटमै यो ब्राहृमणको जस्तै बोल्न थाल्यौ !’ 

‘बिकज अफ पावरफुल कन्भरशेशन’ ग्रेगोरले धक नमानी भने र मतिर हेरेर बोल्ने मूक आग्रह गरे । 

ग्रेगोर मलाई आइन्सटाइनको सम्झना आउँछ । कुनै महिलाले ‘रिलेटिभिटी’ सरल भाषामा बुझाई दिन आग्रह गर्दा उनले भनेका थिए । तिमीलाई एकदम तातो स्थानमा एक मिनेट बसी राख्न भनियो भने तिम्रा लागि त्यो एक मिनेटको अवधि तन्किएर अत्यन्त लामो हुन जान्छ । र, फेरी तिमीलाई तिम्रो प्रेमीसँग उद्यानको हरियो दुबोमा बसेर प्रेममा निमग्न हुन लगाइयो भने घण्टौंको समय संकुचित भएर केही मिनेट मात्रै बितेको जस्तो लाग्छ, यही हो ‘रिलेटिभिटी’ । के यस सिद्धान्तबाट तपाईँ समयको परिभाषा बुझ्नसक्नु हुन्छ ? 

यो हाम्रो मस्तिष्क र अवस्थाको कुरा हो, ग्रेगोरले भने । 

समय त त्यहाँ पनि छ, यो ‘फ्याक्टर’ जोडेर भन्नुस । 

‘अफकोर्स’ मनपर्दो र सुहाउँदो परिस्थितिमा समय बितेको पत्तो हुँदैन । र, मन नपर्दो अवस्थामा पनि समय आफ्नै गतिले बितीरहेको छ भन्ने संज्ञान रहँदैन् । 

‘यस यु गट इट’ यो तपाईँको मस्तिष्कले बोकेको समयको परिभाषा हो । यसलाई अझै स्पष्ट बुझ्न् चाहनु हुन्छ ? 

‘स्योर, स्योर !’ 

त्यसो भए म केही प्रश्न सोध्छु, तपाईँ जवाफ दिनुस । 

हुन्छ, म प्रयास गर्छु, ग्रेगोरले भने । 
तपाईँ प्रतिक्षारत हुँदा समय कस्तो हुन्छ ? 

‘इट्स भेरी स्लो’ । मानौं अगाडी बढ्नै चाहँदैन् । 

तपाईँ ‘अफिस’का लागि ढिलो भइरहँदा ? 

‘ओह, इट् मूव्स भेरी फास्ट, लाइक मेड इन जापान’ । 

तपाई कहिले काँहि दुखी हुँदा ? 

‘इट्स बिकम डेड्ली, नो स्पीड एट आल ।’ 

र, तपाईँ अत्यन्त प्रसन्न हुँदा ? 

‘दोज मोमेन्टस आर भेरी शर्ट, समय बितेको थाहै हुँदैन ।’ 
तपाईलाईँ असहनीय शारीरिक कष्ट हुँदा ? 

‘टाइम टर्न टू इण्डलेसनेस ।’ 

अनि तपाई निराश हुँदा, ‘बोर’ हुँदा ? 

‘पट्ट्यार लाग्दो, लाँग, लाँग, लाँग, नाट वान्ट टू फिनिश ।’ 

‘सो ग्रगोर,’ यस प्रश्नोत्तर पछि तपाईँका लागि ‘इन रियलमा टाइम’ के हो ? 

‘इट्स क्लिएर, टाइम इज डिटरमाइण्ड बाइ माई फिलिंग्स एण्ड साइकलोजिकल कण्डिशन्स ।’ घडीको ‘म्याकेनिकल टाइम’ त सँधै उस्तै रहन्छ । 

ग्रेगोर, जन्मले यहुदी भए तापनि, पछि गएर अमेरीका भास्सिए पनि, जन्मेका त जर्मनमै थिए आइन्स्टाइन । उनको अपमान त नगर्नुस न । 

म ती महान वैज्ञानिकको अपमान किन गर्छु ! कसरी मैले उनको अपमान गरें ? मेरो व्यंग्य नबुझेर ग्रेगोरले अलिक रुखो स्वरले भने । 

ग्रेगोर घडीको ‘टाइम’ सँधै उस्तै रहन्छ भन्नु ती महान वैज्ञानिकको अपमान गर्नु हो । 

याे पनि 

दरबार हत्या काण्डको रात

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !