बाबुहरि ज्ञवाली | जीवनदर्शन | बैशाख ०७, २०७६
संजय उवाच–
एबमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविसत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।। ४६ ।।
भावार्थ – संजयले भने, शोकसन्तप्त चित्त लिएका अर्जुन युद्धस्थलमा यस्तो भनेर वाण सहितको धनु (गाण्डीव) लाई एकातिर पन्छाएर रथमाथि पुनः बसे ।
विशिष्टार्थ – यसरी भनेर तव साधक (अर्जुन) शोकले आकुल भएर धनुलाई फालिदिन्छन् अर्थात् मेरूदण्डलाई शिथिल पार्दछन्, त्यसलाई फेरि सीधा गर्दैनन् । मेरूदण्ड सीधा नरहनाले प्राण (शर) पनि फेरि सीधा बाटोतिर जान सक्दैन बाङ्गो टिङ्गो बाटो लिन्छ (गर्हित पथतिर लाग्दछ) । यसबेला साधक केवल चिन्ताकुल भएर (रथोपस्थे) कुटस्थतिर हेरेर चुपचाप बसिरहन्छन् ।
जुन मानिसहरू साधना मार्गमा मात्र अग्रसर हुन प्रारम्भ गरेका छन्, सुषुम्नाभित्र प्रवेश गरेर स्थिर आत्मज्योतिलाई प्रकाशित गर्ने शक्ति पाएका हुँदैनन्, ती साधकहरूले अलिकति प्राणायाम गर्नाले नै यस अवस्थालाई संझन बुझ्न सक्छन्, किन कि पक्का अभ्यास नहुनाले सारा शरीर विशेष गरेर घुँडा, कम्मर, पिठ्यूँ दुख्न थाल्दछन्, त्यसैले अरू स्थिर भएर रहन सक्दैनन्, दुबै गोडा लम्पसार पार्दछन्, शरीरलाई शिथिल अवस्थामा छोडिदिन्छन् तथा साधना विषयमा हताश भएर उदास मनले चुपचाप बसिरहन्छन् ।
अतः भगवान् कृष्ण अर्जुनलाई भन्नुहुन्छ – यस्तो कश्मल तिमीमा कसरी आयो ? आत्मप्रभाशक्तिले तिमीले जुन भूर्भुवः आदि सर्वजयी बनेर स्वर्ग भ्रमण गरेका छौ अर्थात् सहस्रारका सहस्रदलहरूमा विचरण गरेका छौ, महादेवका प्रसादले पाशुपत अस्त्र पाएका छौ, अर्थात् सहस्रार कर्णिकाको मध्यगत ब्रम्हविन्दुमा आत्मोत्सर्ग गरेर निमेषभरमा सम्पूर्ण अशुभ नष्ट गर्ने शिवपदमा प्रतिष्ठित हुने शक्ति पाएका छौ । त्यसैले म भन्दछु तिमीमा यस प्रकारको मोह प्राप्ति शोभा दिंदैन ।
ॐ तत्सदिति श्री भद्मगवत् गीतासूपनिषत्सु ब्रम्हलिधायां योगशास्त्रे
श्रीकृष्णार्जुन सम्वादे अर्जुनविषादि योगो नाम प्रथमो ऽध्यायः ।। १ ।।
अध्याय –२
संजय उवाच –
तं तथा कृपयाविष्ट मश्रुपूर्णाकुलेक्षणम् ।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।। १ ।।
भावार्थ– संजय भन्दछन् – भगवान् श्रीकृष्णले त्यसरी करुणाले व्याप्त, अश्रुपूर्ण आकुल नेत्र भएका, शोकयुक्त ती अर्जुनलाई यो वचन भन्नु भयो ।
विशिष्टार्थ – दृश्यमान परिणामी पञ्चमहाभूतहरूबाट माथि उठ्नु नै सम्यक् जय गर्नु हो । यो सम्यक् जय गरेपछि जुन दिव्य दृष्टिको प्रकाश हुन्छ त्यसैलाई सञ्जय भन्दछन् । त्यस दिव्य दृष्टिले प्रत्यक्ष गरेर जुन अपरोक्षज्ञान उत्पन्न हुन्छ, जुन ज्ञानको विरूद्धमा कुनै सन्देहको कारण रहदैन, त्यस ज्ञानवाट जे संझन सकिन्छ त्यसैलाई संजयको उक्ति भन्दछन् । विषाद– विष् = व्यापन, आ–आसक्ति, द = दिनु, व्यप्तिमा आसक्ति दिनुको नाम विषाद हो । जीव भनेर जसलाई नाम रूप दिइएको छ त्यस मायामय विश्वमा जस्तो व्यापकता छ, जीवले जसलाई ब्रम्ह भन्दछ त्यस ब्रम्ह शव्दको अर्थमा सोही प्रकारको एक व्यापकता छ । ब्रम्हको व्यापकत्वमा आसक्ति दिनाले मायांश विलोप भई ब्रम्हत्व प्राप्ति गराउँदछ, फेरि माया (विश्व) को व्यापकत्वमा आसक्ति दिंदा विषादमा पर्नु पर्दछ । साधक ब्रम्हको व्यापकतामा मिल्न जाँदा अभ्यास–दोषका कारण मायाको व्यापकतामा आसक्ति दिन पुग्दछन् । ”हाम्रो” शव्दको अर्थमा जुन जुन खडा हुन्छन् ती सबैलाई लिएर मायायोगमा आएर कृपामा फस्दछन् । यही विषदयोग हो । अतः मायाले आँखामा आँसु भरिंदा बाहिरको दृष्टिशक्ति ढाकियो । (भगवान अर्जुनको यस अवस्थाको उपयोग गर्न चाहानुहुन्छ । श्रीकृष्ण अव योगस्थ हुनुहुन्छ र अर्जुनलाई पनि योगस्थ वनाउनु हुन्छ । योगस्थ अवस्थामा सूक्ष्म शरीरमा क्रिया हुन्छ, यस अवस्थामा एकक्षण भित्र एक युगको क्रिया पनि हुनसक्छ ।) जसै बाहिरको दृष्टिको अवरोध भयो, अन्तर्लक्ष्यको पर्दा खुल्यो अनि रोमाञ्चकारी अनुभवको उदय भयो । यो अनुभव नै मधुसूदनको उवाच हो, उक्ति हो अर्थात् आफ्नो प्रश्नको उत्तरले निज बोधरूप आत्मज्ञानमा स्वयं आप्mनो मीमांसा आपैm गर्दछ ।
मधुसूदन– मधु = अत्यन्त मीठो पदार्थ, जीवको संसार भोग वासना नै मीठो चीज हो । सोही वासनारूप मधुको जो सूदन (विनाशक) हो अर्थात्् जुन प्रभु जीवलाई संसार बिपाकबाट मुक्त गर्नु हुन्छ उहां नै मधुसूदन (कूटस्थ तारक ब्रम्ह) हुनुहुन्छ । प्रभुमा ज्ञान वैराग्यादि समस्त ऐश्वर्य सर्वदा विराजमान छन्, अतः उहाँ भगवान हुनुहुन्छ ।
श्री भगवानुवाच –
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्
अनार्यजुष्टमस्वग्र्यमकीर्तिकरमर्जुृन ।। २ ।।
जुन मानिसहरू साधना मार्गमा मात्र अग्रसर हुन प्रारम्भ गरेका छन्, सुषुम्नाभित्र प्रवेश गरेर स्थिर आत्मज्योतिलाई प्रकाशित गर्ने शक्ति पाएका हुँदैनन्, ती साधकहरूले अलिकति प्राणायाम गर्नाले नै यस अवस्थालाई संझन बुभ्mन सक्छन्, किन कि पक्का अभ्यास नहुनाले सारा शरीर विशेष गरेर घुँडा, कम्मर, पिठ्यूँ दुख्न थाल्दछन्, त्यसैले अरू स्थिर भएर रहन सक्दैनन्, दुबै गोडा लम्पसार पार्दछन्, शरीरलाई शिथिल अवस्थामा छोडिदिन्छन् तथा साधना विषयमा हताश भएर उदास मनले चुपचाप बसिरहन्छन् ।
भावार्थ– भगवान्ले भन्नुभयो – हे अर्जुन ! यस्तो विषम समयमा तिमीमा यो आर्यहरूद्वारा नगरिने, अस्वर्गकर तथा अकीर्तिकर कश्मल (उदासीनता) कसरी उपस्थित भयो ?
विशिष्टार्थ – ऊध्र्व–अध विहीन अर्थात् निश्चल अवस्थालाई सम भन्दछन् । ”म, मेरो” भन्ने ज्ञान नरहेमा वासनाको लेश मात्र पनि रहदैन । ”म” नै ”म” रूप अस्तित्व वोधक भाव मात्र रहन्छ । साधना चतुष्टयसिद्ध भएर यी अवस्था भोग गरेर तल ओर्लेर संसार वीज नष्ट गर्न अग्रसर हुनासाथ विषम अर्थात् असमान अवस्थाको चरम विकास हुन्छ । अनि ”म” मेरो ”पर” यी तीनैको ज्ञान प्रबल भएर धर्मक्षेत्र कुरूक्षेत्रमा चरम क्षेत्रिय बल प्रकट भएर रजोगुण उत्पन्न हुन्छ, किन्तु सतर्क नहुँदा दुस्त्याज्या मायाको चक्करमा पर्नाले हृदयमा अर्थात्् कूटस्थमा दृश्य र द्रष्टाका ठीक वीचमा केही धागोको टुक्रा जस्ता लामा, केही बाटुला, बाङ्गा टिङ्गा, रंग विरंगका अनेकौं गुजुमुजु गर्ने दृश्यहरू देखिन्छन्, तिनैको नाम कश्मल हो । त्यसबेला बुद्धि अविद्याको वशमा परेर भ्रममा पर्दछ, अतः पर लाई मनले आफ्नो ठान्दछ । मनको यो विकृत भाव नै कश्मल हो । कश्मल – अनार्यसेवित, अस्वग्र्य र अकीर्तिकर हुन्छ ।
अनार्य सेवित – जुन साधक मनलाई सूक्ष्मावलम्बी बनाएर चैतन्यमय जगत्मा समदर्शी बन्दछन् तिनै आर्य हुन् । जो जड्जगत्मा जडत्वको झमेलामा परेर समता हराउँछन् तिनै अनार्य हुन् । मायाको मोहमा पर्नाले नै विषमतामा पुगेर अनार्य हुनु पर्दछ, अनि अन्तराकाश कश्मलद्वारा ढाकिनाले कश्मल नै कश्मल देखिन्छन् अर्थात् केवल कश्मलको नै सेवा गर्नु पर्दछ ।
अस्वग्र्य– स्वर्ग = स्+व+र्+ग, स = सूक्ष्मश्वास, व = शून्य, र = तेज, ग = गति, सूक्ष्मश्वास शून्य भएपछि जुन तेजोमय गति हुन्छ त्यही नै स्वर्ग अर्थात् आत्मज्योति प्राप्ति हो । स्वर्गमा य(ष्यण्) प्रत्यय गर्नाले स्वग्र्य अर्थात् आत्मज्योति प्रापक हुन्छ । यो आत्मज्योति प्राप्ति जसमा हुँदैन, त्यही अस्वग्र्य हो । मायाको आकर्षणमा पर्नाले नै अधोगति हुन्छ, तत्क्षणात् कश्मल आइपुग्छ अनि स्वर्ग (आत्मज्योति) देखिदैन, क्रमशः अधिकतर तमसाच्छन्न हुनुपर्दछ । त्यसैले कश्मल अस्वग्र्यकर हो । अकीर्तिकर – कर्मको सिद्धि गएपछि जुन ख्याति हुन्छ त्यसैको नाम कीर्ति हो । जस्तो संसार ग्रहण गर्नाले संसारी, धनलाई अधीन गर्नाले धनी, ज्ञानलाभ गर्नाले ज्ञानी, विज्ञान जान्नाले वैज्ञानिक, योगमा अध्यस्त हुनाले योगी भए जस्तै कर्मलाई परिसमाप्ति गर्नाले सन्यासी बन्दछ । कर्मको परिसमाप्ति नै ब्रम्हत्व हो । किन्तु परिसमाप्ति भन्दा पूर्व यसका भिन्न भिन्न स्तर छन्, तिनै स्तरलाई एक एक कीर्तिको थान भनिन्छ । जुन साधक सबै स्तरहरूलाई अतिक्रमण गरेर चरम ऊध्र्वस्तरमा पुग्दछन् तिनै कीर्तिमान् हुन्, तिनै जीवन मुक्त हुन्, विदेह– मुक्ति तिनीहरूको हस्तामलकवत् आयत्त (इच्छाधीन) छ । जो साधक वीर छन्, कुनै पनि प्रकारले जो मायाको वशमा पर्दैनन्, दशै दिशामा मायाको आकर्षण रहेता पनि जसले आफ्नो ऊध्र्वगति छोड्दैनन् तिनै पुरूषहरू, अवाधतः कीर्तिको शिखरमा पुग्दछन् । कथं कदाचित् शिखरमा पुग्नु भन्दा पहिले नै कालको वशमा परेर शरीर त्याग भयो भने पनि त्यसबाट उनीहरू बञ्चित हुनु पर्दैन । तिनीहरूको साधन लव्ध आकर्षणशक्ति अति प्रबल भएर विद्युतवेगले निमिष भरमा तिनीहरूलाई सबै स्तरहरू पार गराएर माथि पुर्याउँछ, तिनीहरूले पनि अनन्त जीवन (अपुनराबृत्ति स्थिति) लाभ गर्दछन् । त्यसैले भनिन्छ – कीर्तिर्यस्य सजीवति । किन्तु जसले वीरत्व परिशून्य भएर मायाको आकर्षणले गर्दा ऊध्र्वगति लिन सक्दैनन्, वीचैमा अड्किन्छन् तिनीहरूका अगाडि कश्मल आएर चिदाकाशलाई कुज्झटिकावृत्त गरेर अर्थात् कुहिरोले छोपेर दिव्य मानस दृष्टिलाई ढाकिदिन्छ । अनि ती साधकहरू कुहिरोको काग बनेर मायाको भुमरिमा परेर फन फनि घुमिरहन्छन् । त्यस्तालाई फेरि कीर्तिलाभ हुँदैन, अकीर्ति हुन्छ, किन कि निष्फल कर्म तथा असत् कर्मको नाम नै अकीर्ति हो । यस्ता अकीर्तिमान साधकलाई जीवन प्राप्ति हुँदैन अथवा धेरैकाल पछि हुन्छ । यसको कारण हो– शरीर त्यागको समयमा जसरी कीर्तिले कर्म सीमा अतिक्रमण गराउँदछ अकीर्तिले त्यसरी नै उसलाई तल्लो स्तरमा झारिदिन्छ अथवा तानेर सीमा पार हुन दिंदैन, त्यसकारण जन्म मरणको वशमा पर्नु पर्दछ ।
अतः भगवान् कृष्ण अर्जुनलाई भन्नुहुन्छ – यस्तो कश्मल तिमीमा कसरी आयो ? आत्मप्रभाशक्तिले तिमीले जुन भूर्भुवः आदि सर्वजयी बनेर स्वर्ग भ्रमण गरेका छौ अर्थात्् सहस्रारका सहस्रदलहरूमा विचरण गरेका छौ, महादेवका प्रसादले पाशुपत अस्त्र पाएका छौ, अर्थात्् सहस्रार कर्णिकाको मध्यगत ब्रम्हविन्दुमा आत्मोत्सर्ग गरेर निमेषभरमा सम्पूर्ण अशुभ नष्ट गर्ने शिवपदमा प्रतिष्ठित हुने शक्ति पाएका छौ । त्यसैले म भन्दछु तिमीमा यस प्रकारको मोह प्राप्ति शोभा दिंदैन ।
क्लैव्यं मास्म गमः पार्थ नैतत् त्वयुपपद्यते ।
क्षुद्र हृदयदौर्बल्यं त्यक्त्वोतिष्ठ परन्तप ।। ३ ।।
भावार्थ– हे पार्थ ? क्लीवतालाई ग्रहण नगर, यो तिमीमा शोभा पाउँदैन, हे परन्तप ? हृदयको तुच्छ दुर्बलतालाई त्यागेर (युद्धका लागि) उठ ।
विशिष्टार्थ– पार्थ– पृथापुत्र, पृथा–पृथुक्षेपणेबाट बनेको छ, यसको अर्थ हो क्षेपण शक्ति (त्याग क्षमता) साधककी साधन जीवनकी जननी । आफ्नो गुण कर्म विभाग शक्तिबलले स्वेच्छा, परेच्छाले सदैव आफ्नो पूर्व –पूर्वावस्थालाई त्याग गर्दै आएकी, आफ्ना पिता सूरसेनलाई त्यागेर राजा कुन्तिमोजकी कन्या वन्न पुगेकी । त्यही मातृगुण तिमीमा पनि विद्यमान छ । तिमीले पनि इच्छा गर्ने हो भने सोही मातृशक्तिको बलले मार्मिक भाव परित्याग गरेर ब्रम्हभाव लिन सक्दछौ । अतः भन्दछु यसरी क्लीवताको आश्रय नलेऊ । क्लीवले संसारमा स्त्री पुरूष विहीन भएर केवल मात्र संसार क्लेश भोग गर्दछ । त्यस्तै साधना मार्गमा आएर जो मायाको मोहमा परेर पौरुष विहीन हुन्छ त्यस्तो व्यक्ति माथि पनि जान सक्दैन, तल ओर्लन पनि सक्दैन, त्यस्ताले मात्र साधन क्लेश सहनु पर्दछ ।
तिमी परन्तप (शत्रुपीडक अर्थात् प्रकृतिवशी–शक्ति सम्पन्न) अर्थात् सूक्ष्म प्राणायामले प्राकृतिक चंचलतालाई नष्ट गरेर योगारूढ हुन समर्थ छौ । अतएव तिमीमा यस प्रकारको क्लीवत्वले शोभा पाउँदैन । हृदयको यो तुच्छ दुर्बलतालाई त्यागेर उत्–ऊध्र्वमा तिष्ठ–स्थित होऊ । द,य,प,उ यी चार स्थितिका स्थान भित्र साधन समयमा प स्थानमा स्थिर रहेर शाम्मवी मुद्राद्वारा कूटलाई भेद गर्नु पर्छ । यो प आज्ञा भन्दा मुनि विशुद्ध भन्दा माथि कांध र मस्तकको सधिस्थलमा अवस्थित छ । यो प पञ्चतत्वको माथि छ अतः उत् (ऊध्र्व) जिब्रोलाई पल्टाएर चिउँडोलाई तन्काएर बाहिरको घुचुक (कण्ठकूप) मा लगाएर छाती तन्काएर वसी मेरूदण्डलाई काँध र मस्तकको सीधा पार्नाले नसाहरू तानिएर मस्तक ग्रन्थि प र आज्ञाचक्र यी दुबै समसूत्र (वरावर) हुन्छन् । यो समसूत्र अवस्था नै कपिध्वज अवस्था हो । माथिका विषय मनमा आउँदा ग्रन्थि शिथिल भएर दुबै केन्द्र फेरि त्यो समसूत्रमा रहदैनन् ”प” केही तल, आज्ञाचक्र केही माथि रहन्छ । यसै अवस्थालाई रथोपस्थ भनिन्छ । संसार वीज नष्ट गर्नु छ भने कातरतालाई त्यागेर त्यसरी ”प” र आज्ञाचक्रलाई समसूत्रमा राख्नु पर्दछ, तब मात्र शाम्भवी प्रयोग गर्नाले कूटभेद भएर अतिसूक्ष्म प्राणाघातद्वारा वीजभेद हुन्छ फेरि अंकुरित हुँदैन अर्थात् श्वासको धक्काले मन मर्दछ र चैतन्य समाधि लाभ हुन्छ ।