चितवन राष्ट्रिय राष्ट्रिय निकुुञ्जमा बाघ, गैँडा र हात्तीकोे मृत्युु

चितवन राष्ट्रिय राष्ट्रिय निकुुञ्जमा बाघ, गैँडा र हात्तीकोे मृत्युु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०३, २०७७

चितवन  । चितवन राष्ट्रिय राष्ट्रिय निकुुञ्ज क्षेत्रमा फागुनमा तीन  गैँडा तथा एकएक बाघ र हात्ती  मरेका छन् । निकुुञ्ज क्षेत्रमा १५  चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति  तथा वन्यजन्तुुको आक्रमणबाट मृत्युु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र  सेतो बाँदर तथा  शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए । 

बर्दिया राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक लङ्गुुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुुञ्ज क्षेत्रमा पाँच चित्तल, दुुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुुवा र  चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुुकुुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुुई हरिण पनि फागुनमा मरेका थिए ।