लोकसंवाद संवाददाता | समाचार | चैत ०३, २०७७
काठमाडौँ । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो चैत्र ३ गते मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा पूर्व प्रम तथा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन् । भने अर्का पूर्व प्रम तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने हुनु भएको छ ।
तर, माओवादी केन्द्रबाट भने पूर्व प्रम तथा अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बैठकमा सहभागी हुनु हुने भएको छ ।
देशको बदलिँदो राजनीतिक परिस्थितिका बारे संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न राष्ट्रपति भण्डारीले ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाउनु भएको हो ।