लाहुरे घरले जन्माएका लाहुरे स्रष्टा र प्रकाशित कृतिहरू

लाहुरे घरले जन्माएका लाहुरे स्रष्टा र प्रकाशित कृतिहरू

टंक वनेम  |  साहित्य  |  चैत ०७, २०७७

लाहुरे घरले जन्माएका लाहुरे स्रष्टाहरू :

एउटा भनाइछ लक्ष्मी र सरस्वतीको बास एकै ठाउँमा हुन सक्दैन । त्यस्तै बन्दुक र साहित्य पनि चुम्बकको दुई विपरीत ध्रुव समान हुन्छन् । तर समयको परिवर्तनसँगै यी भनाइहरू असत्य साबित हुँदै आएको छ । लाहुरे घरमा बन्दुक, साहित्य, सङ्गीत र कला सँगसँगै हुर्किरहेको छ । अर्को शब्दमा लाहुरे परिवारले आफ्नो बन्दुके संस्कृतिसँगसँगै साहित्य, सङ्गीत र कलालाई एकै साथ हुर्काइरहेका छन् । 

लाहुरे घरभित्र एकै साथ नेपाली साहित्य, सङ्गीत र नेपाली माटोको मायाले ओतप्रोत हुँदै गायन कलाको सुरुवात् मास्टर मित्रसेन थापामगरले गरेका थिए । उनी पहिलो विश्वयुद्धको एक योद्धासमेत थिए । लोककवि अलिमियाँ पनि ब्रिट्रिस सेनामा भर्ती भएर लडाइँ (दोस्रो विश्वयुद्ध) लड्दै बर्मा पुगे पछि बिरक्तिएर घर फर्केका थिए । एक दिन पल्टनमा पुनः हाजिर हुन खबर आउँदा उनले यस्तो जवाफ लेखेर पठाएका थिए ।

जिन्दगीमा विदेशीले ढोका कुरौँ भने
मरेपछि मलको थुप्रो नरकवासी हुने
चाहिँदैन दाइ तिम्रो छाता
भैगो मलाई चोयाको स्याखुले ।

प्रतिमन थापामगर, शेरसिंह रानामगर, मास्टर मित्रसेन थापामगर, लोककवि अलिमियाँ र अन्य अग्रज गोर्खा सैन्य स्रष्टाहरूको जग पछ्याएर उहाँहरू पछिका अन्य गोर्खा सैन्यहरूले नेपाली साहित्य, सङ्गीत र कलालाई अगाडि बढाइरहेका छन् । 

स्व.प्रतिमन थापामगरले सन् १९०८ मा ‘श्री ३ महाराज सरकार जङ्गबहादुर राणाजीको जीवन चरित्र’ प्रकाशित गरेर लाहुरे साहित्यको उकेरा हालेका थिए । स्व.सुबेदार मेजर शेरसिंह रानामगर (सन् १८६७ – १९४८) ले सन् १९१३ मा ‘लण्डन राज तिलकयात्रा’ निबन्ध कृति प्रकाशित गरेका थिए । सन् १९६० को दशकमा ‘बादल’ र ‘आँखीझ्याल’ जस्ता कृतिहरू लाहुरे स्रष्टाहरूबाटै प्रकाशित गरिएको थियो । 

गोर्खा सैन्य स्रष्टाहरू र विभिन्न विधामा प्रकाशित कृतिहरू :

गोर्खा सैन्य स्रष्टाहरूले नेपाली वाङ्मयका प्रायः सबै विधामा आफ्ना कृतिहरू प्रकाशित गरेका छन् । जीवन चरित्र र निबन्ध कृतिबाट सुरु भएको गोर्खा सैन्य सिर्जना सवाई, कविता, खण्डकाव्य, नाटक, उपन्यास, कथा, लोककथा, गीत, (गजल, गीतिसङ्ग्रह, एल्बम), संस्मरण, निबन्ध, दैनिकी, इतिहास, संस्कृति, धर्म, शब्दकोश, समालोचना, अनुवाद, सम्पादन, मुक्तक, हाइकु, नियात्रा, विभिन्न छापा पत्रपत्रिका वेब पत्रिकाको सञ्चालन, कलाकारिता, अभिनय, चलचित्र निर्माण र निर्देशन, गायन तथा सङ्गीत साथै साहित्यमा नयाँ सिद्धान्त, चिन्तन र दर्शनसम्मको यात्रा अघि बढाइरहेका छन् । 

गोर्खा सैन्य स्रष्टाका कृतिहरूमा तुलाचन–आले, सवाई ‘मणिपुरको सवाई’ (वि.सं. १९५०), डाकमान राई, सवाई ‘दार्जिलिङको पहिरोको सवाई’ (वि.सं.१९५६), मणिराज शाही, सवाई ‘चरीको सवाई’ (वि.सं. १९५७), आत्माराम थापा, सवाई ‘भुइँचालोको सवाई’ (वि.सं. १९६२), धनवीर भण्डारी, सवाई ‘अब्बर पहाडको सवाई’ (वि.सं.१९९१) ‘भुइँचालोको सवाई’ (वि.सं.१९९६), बिर्खे पुन, संस्कृति ‘हाम्रो संस्कृतिको इतिहास”, प्रतिमान थापामगर, जीवनी ‘श्री ३ महाराज जंगबहादुर राणाजीको जीवन चरित्र’ (वि.सं.१९६५), शेरसिंह राना, दैनिकी ‘मेरो लण्डन राजनीतिक यात्रा’  (वि.सं.१९७०), गजवीर राना, सवाई ‘नागाहिल्सको सवाई’ (वि.सं.१९७०), धनसिंह गुरुङ, संस्कृति ‘हाम्रो संस्कृतिको इतिहास”, बिरु मल्ल ठकुरी, संस्कृति ‘हाम्रो संस्कृतिको इतिहास”, प्रसादसिंह नेचाली राई, ‘प्रीति लहरी’ (वि.सं.१९७५), नवलसिंह घर्ती, सवाई ‘जर्मन लडाइँको सवाई’ (वि.सं.१९७५), भीमप्रसाद राई, सवाई ‘किरात सुधारको सवाई’ (वि.सं. २०१४), रणशूर लिम्बू, निबन्ध ‘बर्माको सम्झना’ (दोस्रो विश्वयुद्ध कालको पाण्डुलिपि, वि.सं. २०१८), रतनसिंह गुरुङ, आत्मसंस्मरण ‘रतनसिंहको कथा’ (सन् १९१६), बहादुरसिंह बराल, ‘बरालको आँसु’  (वि.सं.२०६९), मास्टर मित्रसेन थापामगर, खण्डकाव्य ‘आदि पर्व’ (सन् १९३५) ‘भक्त प्रल्हाद’ (सन् १९४०) ‘वीर अभिमन्यु’ (सन् १९४०) ‘विराट पर्व’ (सन् १९४०) ‘भीष्म पर्व’ (सन् १९४०) ‘चन्द्रहास’ (१९४४) ‘सभा पर्व’ (सन् १९४४) ‘तीर्थ यात्रा’ (सन् १९४४) ‘सत्यनारायण ब्रतकथा’ (सन् १९४४) कथा र निबन्धसङ्ग्रह ‘धर्मको छोरा’ (सन् १९४४), ‘तीर्थयात्रा’ ‘तीन कुरा’ (सन् १९४४), ‘हितका कुरा’ (सन् १९४०), ‘गहिरो खोज’ (सन् १९४४), ‘भूगोल रिडी’  (सन् १९४४), ‘उन्नतिको साँचो’ (सन् १९४०) ‘प्रेममा भगवान्’ नाटक (प्रकाशित पाण्डुलिपि) ‘कृष्ण जन्म’ (सन् १९९७) ‘मित्रको डायरी’ 
(सन् १९८३) अनेक मञ्चित नाटक साथै डिस्क रेकर्ड नाटकहरू र सूक्तिसङ्ग्रह ‘बुद्धवाणी’  (सन् १९९७) आदि ।

महागुरु फाल्गुनन्द (नरधोज लिङ्देन), धर्म ‘महागुरु फाल्गुनन्दका उपदेश तथा सत्यहाङमा पन्थका भजनमाला’ (वि.सं.२०४६), बाजवीर थलङ, भाषा, लिपि र संस्कृति ‘तुम याक्थुङ् नु निङ्वाफु साप्ला’ (सन् १९२८) ‘निसिगेक याक्थुङ् साप्ला’ (सन् १९३१), बुद्धिराज फागो, सङ्गीत ‘सङ्गीत विधा’ (सन् १९३१), हर्षध्वज राई, कविता ‘गन्थन’ (वि.सं.२०४२), ‘अन्तर वेदना’ (वि.सं. २०४४) ‘भावनाको सँगालो’ (वि.सं. २०५६), नारदमुनि थुलुङ, संस्कृति ‘किरात नालीबेली’ (वि.सं. २०४२) संस्मरण, ‘बिर्सिएका अनुहारहरू र बिर्सिन नसकेका घटनाहरू’ (वि.सं.२०४५), देवानसिंह राई, उपन्यास ‘निर्दोष हत्या’ (वि.सं.२०३०), जी.बी.लुगुन, संस्कृति ‘साकेला उँधौली र साकेला उँभौली’ (वि.सं. २०६१), ‘किरात अस्तित्व’  (वि.सं.२०३६), कवितासङ्ग्रह ‘म मेरै कवितामा रोएको छु’ (वि.सं.२०३८), ‘साहित्य सौरभ’  (वि.सं. २०४२), संस्मरण ‘आफ्नै कथा आफ्नै व्यथा’ (वि.सं. २०५६), समालोचना ‘साहित्य सागर’ (वि.सं. २०५२) विचार ‘हिन्दू धर्मको विश्लेषणात्मक टिप्पणी’ (वि.सं. २०४६) र ‘बुद्धको महानता’  (वि.सं. २०५०) आत्मालोचना आदि ।

डा.हर्षबहादुर बुढामगर, उपन्यास ‘अतृप्त जिन्दगीका असीमित चाहना’ (वि.सं. २०५२) आत्मपरक उपन्यास ‘सङ्ग्राम र शान्ति’ (वि.सं. २०५८) ‘बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन थापामगर’ (वि.सं. २०५५) ‘मास्टर मित्रसेन थापामगरको चिनारी’ ‘डा.के.आइ.सिंहको जीवनी’ ‘किरात वंश र मगरहरू’ ‘मगर व्याकरणको प्रारूप’ ‘मगर–नेपाली–लिम्बू–अङ्ग्रेजी सङ्क्षिप्त शब्दकोश’ ‘जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैनन्’ ‘मगर र मग्यार’ ‘मगर जाति र सामाजिक संस्कार’ ‘मगर भाषा र साहित्यको वर्तमान स्थिति’ ‘राष्ट्रका प्रथम सहिद लखन थापामगर’ लगायत कविता, निबन्ध, खण्डकाव्य, जीवनी र संस्मरण विधामा २१ कृतिहरू प्रकाशित छन् ।

रि.क्या. थिन्दोलुङ खगेन्द्रसिंह आङबुहाङ, ‘किरात मुन्धुम खाउन’ (वि.सं. २०२२) ‘किरात चुकमुक’ (वि.सं. २०२६) ‘बैंक कारोबार’  (वि.सं. २०३४) ‘लिम्बूको थर’ (वि.सं. २०३५) ‘गाउँजी थर’ (वि.सं. २०३६) ‘मुजोक्ःलुङ मिङ्’ (वि.सं. २०३७) ‘आङबुहाङ वंशावली’ (वि.सं. २०३८) ‘कुजुः खःमासेवा’ (वि.सं. २०४५) ‘किरातको चिनारी’ (वि.सं. २०४६) ‘साम्यो सोसुम’ (साम्बा) लिम्बू कवितासङ्ग्रह लेखक–सङ्कलक (वि.सं. २०४७) ‘किरात धरातल’ (वि.सं. २०४७) ‘किरात लिपि’ (वि.सं. २०४८) ‘युन्छो तान्छो सेवा’ (वि.सं. २०५०) ‘किराँत इतिहास’ (वि.सं. २०५०), आदि ।

धनहाङ सुब्बा, निबन्धसङ्ग्रह ‘हसिमा’  (वि.सं. २०१५) कथासङ्ग्रह ‘सलामत जलान’ (वि.सं. २०६१) लोक कथासङ्ग्रह ‘लिम्बुवानका लोककथा’ (वि.सं. २०६५), प्रकाश छाङ्छा राई, कवितासङ्ग्रह ‘युगबोधमा झुन्डिएका आभासहरू’ (वि.सं.२०३२) ‘१९ वर्षे युद्ध’ (वि.सं.२०३६) ‘अभिव्यक्ति केही आवाज’ (वि.सं. २०४६) ‘पुल तरेपछि हराएको मान्छे’ (वि.सं. २०४६) ‘प्रकाश छाङ्छा राईका कविताहरू’ (वि.सं. २०६८) खण्डकाव्य ‘पराजित अनुहारहरू’ (वि.सं. २०३५) कथासङ्ग्रह ‘भग्नावशेष मायाका छालहरू’ (वि.सं. २०४५) रामकृष्ण बान्तवा, उपन्यास ‘आत्मा’ (वि.सं. २०५३) ‘राधा राम’ (वि.सं. २०५४) ‘आमा छोरी’ (वि.सं. २०५५) ‘सघन तुवाँलो’ (वि.सं. २०६५) नाटकसङ्ग्रह ‘अशिक्षाको प्रतिफल’ (वि.सं. २०५२) ‘मायाजाल’ (वि.सं. २०५६) गीतिसङ्ग्रह ‘घर तिम्रो सम्झनाको’  (वि.सं. २०५७) गीति एल्बम ‘धुवाँ’ (वि.सं. २०५५) ‘आभा’ (२०६२) ‘आवाज’ (वि.सं. २०६२), भगवान् चाम्लिङ, गीति एल्बम ‘नजर’ (वि.सं. २०४९) ‘रहर’ (वि.सं. २०६०) ‘सम्झे नजिक’ (वि.सं. २०६५) ‘सौगात’ (वि.सं. २०६७) ‘साकेला’ (वि.सं. २०६९) कवितासङ्ग्रह ‘म जस्तै मेरा कविताहरू’ (वि.सं. २०६६) पत्रिका सम्पादन ‘साप्सुको छाल,’ हर्कबहादुर पुन, संस्कार र संस्कृति ‘मगर जातिको लोक नृत्य सोरठी’ ‘मगर एक चिनारी,’ डा.चन्द्रबहादुर गुरुङ, ‘ब्रिटिस मेडल्स एण्ड गोर्खा, सर्ट स्टोरी (मदर)’ भिसि रिसेप्सन सोभिनियर प्रकाशित ‘भिसि विजेता गोर्खाहरू’ प्रेम रिबुसाल राई, कवितासङ्ग्रह ‘लाहुरेका दौतरी कविताहरू’  (वि.सं. २०५४), रक्ष राई, कवितासङ्ग्रह ‘देश दुखेको छ’ (वि.सं.२०५६) ‘सालिक उभिएर गोर्खाली’ (वि.सं.२०६५) पोइट इन किलिङ जोन (अङ्ग्रेजी–युद्ध कविता–सन् २०१५) कथासङ्ग्रह ‘सहिदकी आमाको लास’ (वि.सं. २०५७) ‘बालुवामा अर्को नेपाल’ (वि.सं. २०६१) ‘नवचेतनाग्रह’ (वि.सं.२०६८ संयुक्त चिन्तन) र ‘डायस्पोरा सिद्धान्त रचना र समालोचना’  (सन् २०१६ संयुक्त डायस्पोरिक चिन्तन), दयाकृष्ण राई, कवितासङ्ग्रह ‘लाहुरेको कथा र जापानको व्यथा’ (वि.सं. २०६१) ‘ईश्वरको मलामी’ (वि.सं. २०६३) कथासङ्ग्रह ‘गन्तव्यहीन यात्रीको सपना’ (वि.सं. २०७०) संस्मरण ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’ (वि.सं. २०६६) ‘पागल दार्शनिकका अभिव्यक्तिहरू’ 
(वि.सं.२०६८), मुलीवीर राई, उपन्यास ‘बिसाइत’ (वि.सं. २०५२) ‘छाल’ (वि.सं. २०५४) ‘हरियो पर्खाल’ (२०५७) ‘मृत सहर’ (वि.सं. २०६१) गीतिएल्बम ‘खबर’ (२०६४), टंक वनेम, कवितासङ्ग्रह ‘साँघुरी र बूढा सुब्बा’ (वि.सं. २०६३) ‘पेन्जिरी पेन्–मिक्हा–भूल गर्ने जोडी आँखा–सिरिजङ्गा लिपिमा लिम्बू भाषाको कवितासङ्ग्रह’ (वि.सं. २०६३) ‘सङ्गीनको मूच्र्छना’ (वि.सं. २०६९), कथासङ्ग्रह ‘श्लेष्मान्तकको साम्माङ्’ (वि.सं. २०७१), इतिहास ‘सिन्धोलुङ् फागो वनेम वंशावली इतिहास र मुन्धुम्’ (इतिहास खोज अनुसन्धान, सङ्कलन तथा लेखन–२०७०), गणेश राई, कवितासङ्ग्रह ‘राइफलले फलाकेको जिन्दगी’ (वि.सं. २०६३), उपन्यास ‘राइफलको नालबाट जीवन नियाल्दा’ (वि.सं. २०६२),“युद्ध एम्बुसमा राइफलको सङ्गीत’ (वि.सं. २०६६), संस्मरण ‘राइफलको मूच्र्छना’ (वि.सं. २०६८), फोकल्यान्ड जर्नल (बेलायती गोर्खा सैनिकको युद्ध अनुभव) (सन् २०१७), यादव बान्तवा, कवितासङ्ग्रह ‘यहाँ अनेक अनेक थोक छ’  (वि.सं. २०५६), दधिबन्धु मगर, कवितासङ्ग्रह ‘जङ्कोट डाँडाका सुसेलीहरू’ (वि.सं. २०५९), कुमार इस्बो, कवितासङ्ग्रह ‘फूलहरू’ (वि.सं. २०६०), काङमाङ नरेश, कवितासङ्ग्रह ‘आँसुको दोभान’ (वि.सं. २०६१ संयुक्त कवितासङ्ग्रह) ‘अनुहारमा लुकाइएका चोटहरू’ (वि.सं. २०६५) युद्घउपन्यास ‘युद्ध बोकेको सिताङ’ (सन् २०११) सङ्कलन सम्पादन ‘खुकुरीको धारमा दुई शताब्दी’ (वि.सं. २०७१), युद्ध कवितासङ्ग्रह ‘पप्पी फूल’ (सन् २०१७), मिजास तेम्बे, गजलसङ्ग्रह ‘प्यास नजरको’ (वि.सं. २०६१) गीतिएल्बम ‘उद्गार’ (वि.सं. २०६३) कवितासङ्ग्रह ‘अर्थ अवतरण’ (वि.सं. २०६६), ‘नवचेतनाग्रह’ (संयुक्त चिन्तन–वि.सं. २०६८), ‘डायस्पोरा सिद्धान्त रचना र समालोचना’  (संयुक्त डायस्पोरिक चिन्तन–सन् २०१६), नवराज राई, कवितासङ्ग्रह ‘बर्दीभित्रको मन’ (वि.सं. २०६४), चोक गुरुङ, गीतिएल्बम ‘गीताञ्जली’ (वि.सं. २०६०) ‘दशैँ रमाइलो’  (वि.सं. २०६५) ‘दुःखी जीवन’ (वि.सं. २०५८) ‘अनुरोध’ (वि.सं. २०६१) ‘अप्रिल फोर’ (वि.सं. २०६२) ‘प्रकट’ (वि.सं. २०६६) ‘साँचो’ गीतिएल्बम (सन् २०१६), हर्कशेर राई, आत्मकहानी ‘डाँडामाथिको आफ्नो जीवन कथाभित्र हर्कशेर राई’ (वि.सं. २०६१) दलबहादुर पुन, ‘गोर्खाली वीरहरूको अमर गाथा’ (वि.स. २०६१) उपन्यास ‘दोस्रो विश्वयुद्धको पीडा’ (वि.सं. २०६६) आनन्द रानोहोछा, ‘आँसुको दोभान’ (वि.सं. २०६१ संयुक्त कवितासङ्ग्रह) मुक्तकसङ्ग्रह ‘मनोवाद’  (वि.सं. २०६८), लाल राना, कवितासङ्ग्रह ‘साइप्रसको आँखीझ्यालबाट’ (वि.सं. २०६२) ‘अफगानिस्तानमा दशैँ’ (वि.सं. २०६६), रमेश यतिन, उपन्यास ‘सन्नि ब्लान्डफोर्ड र एउटा नअस्ताएको साँझ’ (वि.सं.२० ?) केदार सङ्केत, कवितासङ्ग्रह ‘आफै जलिरहेको देश’ (वि.सं. २०६४) नियात्रासङ्ग्रह ‘एथेन्सको झरी’ (सन् २०१०) हाइकुसङ्ग्रह ‘पैयुँका फूलहरू’ (वि.सं. २०६८) खण्डकाव्य ‘अफिम फुलेको देश’  (वि.सं. २०७०), जगत नवोदित, कविता/ गजलसङ्ग्रह ‘जीवन अनुभूति (वि.सं. २०५५), मुक्तकसङ्ग्रह ‘अक्षय आकृति’ (वि.सं. २०६१), कवितासङ्ग्रह ‘काँचो मुद्दा’ (सन् २०१०) विश्वास दीप तिगेला, ‘जनमुक्ति अभियान’  (वि.सं. २०५६) ‘परदेशीका कोसेली कविताहरू’ ‘गृहयुद्धका पीडा’ (वि.सं. २०६१) ‘देश बोक्नुको पीडा’ (वि.सं. २०६४) ‘सङ्क्षिप्त बोर्नियो परिचय’ ‘निष्पक्ष संविधान समृद्ध राष्ट्र’ गीतिएल्बम ‘गोप्य कुरा’ भूमिराज राई रहेका छन् । 

 त्यसैगरी  गीतिएल्बम ‘सृष्टि’ (सन् २००३) ‘दशी’ (सन् २००७) ‘भेट भो माया’  (सन् २०११) र ‘मोशन’ (सन् २०१२), दुतबहादुर पुनमगर, कवितासङ्ग्रह ‘सुनदन्ते’ (वि.सं. २०६३), कथासङ्ग्रह अर्ली भाइ (सन् २०१७), ‘युकेको जिन्दगी’ (वि.सं. २०६८) गीतिएल्बम ‘लण्डनको कोसेली’ (वि.सं. २०६९) ‘मेजर पेन्सन खाउली’ (वि.सं. २०६९), वीरबहादुर थापा, गीतिएल्बम ‘६६ वसन्त’ (वि.सं. २०६४), तेज राई, अनुवाद ‘मास्टर अफ द गेम’ (फिलिप्स सिड्नीको उपन्यास), किसन राई, गीतिएल्बम ‘जून’ (सन् २००८), ईश्वर चाम्लिङ गीतिसङ्ग्रह ‘स्पन्दित प्रवास’ (वि.सं. २०६६) गीतिएल्बम ‘स्पन्दन’ र वीरताका गीतहरू’ (वि.सं.२०६९) ‘पश्चात्ताप’ (चलचित्र लेखन), नरेश नाति, गीतिसङ्ग्रह ‘बाटो खोज्दाखोज्दै’ (वि.सं. २०६६) मुक्तकसङ्ग्रह ‘मन बेइमानी’ (वि.सं. २०७०), विजय हितानमगर, कवितासङ्ग्रह ‘बिछोड अघिको रात’  (वि.सं.२०६७), कथासङ्ग्रह ‘थकित पृथ्वी’ (वि.सं. २०७०), कवितासङ्ग्रह ‘बाग्मती ब्लुज’ (सन् २०१७) निबन्धसङ्ग्रह ‘इको उत्सर्जन’ (सन् २०१७), रामकृष्ण सुनुवार आँकला, कवितासङ्ग्रह ‘सन्तानहरू’ (वि.सं. २०६७), मुकेश राई, कवितासङ्ग्रह ‘अनुभूतिका रङ्गहरू’ (वि.सं. २०६८) गीतिएल्बम ‘मनोकाङ्क्षा’ (सन् २०१३) गीतसङ्ग्रह रङ्ग जिन्दगीको (वि.सं. २०७२), विश्वकाजी राई, गीतसङ्ग्रह ‘उजागर’ (सन् २०१२) गीतिएल्बम ‘उदाहरण’ (२०७०), मानबहादुर राई, कवितासङ्ग्रह ‘जीवनका खुड्किलाहरू’ (वि.सं.२०६९), मणि वाङ्देल, कवितासङ्ग्रह ‘मेरो भागमा परेको प्रीत’ (वि.सं. २०७०), हेमकुमार राई, गीतिएल्बम ‘उधारो’  (सन् २००९) (चलचित्रमा गीत लेखन), सञ्जीव राई, गीतिएल्बम ‘डाइमण्ड लाहुरे’ (सन् २०७१), किरण टि.लिम्बू, गजलसङ्ग्रह ‘भावनाका आँकुरा’ (सन् २०१४) र ‘भावनाका फूलहरू’ गीतिएल्बम, कृष्ण चाम्लिङ, ‘खरङ्वा खोला’ गीतिएल्बम, पूर्ण फावेन लिम्बू, गीतीएल्बम ‘फरक मान्छे’  (सन् २०१६), डा.रामनारायण कन्दङ्वा, अङ्ग्रेज र गोर्खालीहरूको दुई सय वर्षको सम्बन्धबारे खोज अनुसन्धानमूलक पुस्तक ‘NEPAL-BRITAIN RELATIONS, With Special Reference to GURKHAS’ (सन् २००९), डा. चन्द्र लक्सम्बा (Biritish Gurkha pension policies and ex–Gurkha campaigns: A review-centre for Nepal studies uk),  कैलाश खेबाङ, युद्धकथामा आधारित अङ्ग्रेजी भाषामा आत्मसंस्मरण ‘गोर्खा’ (सन् २०१५), नरेन्द्रराज काम्बाङ, कवितासङ्ग्रह ‘चौबाटो’ (सन् २०१६) र गद्य सङ्ग्रह ‘मेरो समाज मेरो अनुभूति’ (सन् २०१६), काजीमान यक्सो, लिम्बू भाषाको गीतिएल्बम ‘निङवाइन तङसुम्लो’ डिल्लीराम राई, गीतिएल्बम ‘उपमा’ (सन् २०१६) रहेका छन् ।

क्रमश :

याे पनि 

नेपाली साहित्य : 'लाहुरे' का दुरूह पात्र र तस्बिर बिचमा लाहुरे स्रष्टाहरू