सीताराम नेपाल | साहित्य | चैत ०७, २०७७
ठालुनै चुके
आफ्नै आकाश थुके
हेरौँ रमिता
तातो पिँडालु
निल्नु न ओकल्नु भो
सत्ता लिप्साले
मुस्काने बाको
अन्याय नसहदा
हाने लाठीले
चोर बिरालो
मैले तताको दूध
ढुकेर बस्यो
गलामा माला
फूल रुदै गरेको
मित्रघातीको
क्या दामी बोली
बनाउ देश भन्दै
छ भुँडी भर्दै
जनसागर
उर्लेर गर्जिएको
अन्याय मास्न
र्याल चुहाई
हन्तकाली झुम्मिए
चारो हडप्न
जित्ने जनता
हार्ने जनविरोधी
जहिले पनि
बोकी ल्याएको
अरिङ्गाल छरेछ
सडक भरी