जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध

जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १०, २०७७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार  सर्वसाधारणलाई अपिल गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।