लोकसंवाद संवाददाता | जीवनदर्शन | बैशाख ०९, २०७६
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा सफलताका ४ सूत्र बताइएको छ जसको उपयोगले राम्रो नेता तथा सफल मानिस बन्न मद्दत गर्छ । हुनत् कतिपयको भनाई छ यी गुणहरु मानिसमा जन्मजात हुने गर्छन् । यसको प्रभावले आजको २१औं शताब्दीमा नोकरी देखि व्यापारसम्म सफलता प्राप्त गर्न सकिन्छ ।
चाणक्य नीति को श्लोक
दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः।।१।।
दानी बन्नु
दानी हुनु वा कसैलाई दान दिनु पनि सफलताको एउटा सूत्र हो । हुनत् यो जन्मजात हुने गुण हो पनि भनिन्छ । तर यसलाई विस्तारै व्यवहारमा ल्याएर यसको प्रयोग गर्दै सफल हुन सकिन्छ ।
निर्णय क्षमता
कोही पनि व्यक्तिलाई निर्णय लिन सिकाउन सकिंदैन । जसले उचित समयमा उचित निर्णय लिनसक्छ त्यसले नै जीवनमा सफलता प्राप्त गर्न सक्छ ।
धैर्यवान रहनु
धैर्यवान हुनु मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक मानिन्छ । जस्तोसुकै कठीन समयमा पनि जो मानिस धैर्यवान रहन सक्छ उसले जस्तोसुकै अप्ठ्यारो पनि सहजै पार गर्न सक्छ ।
मीठो बोल्नु
मीठो बोल्नुलाई पनि मानिसको श्रेष्ठतम गुण मानिन्छ । मिठो बोलेर सहजै अरुको मन जित्न सकिन्छ त्यसले अरुबाट लिनुपर्ने काम पनि सजिलै लिन सकिन्छ ।