लोकसंवाद संवाददाता | समाचार | चैत २२, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताउनुभयो ।
प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराउनुभयो । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुभयो ।