लोकसंवाद संवाददाता | समाचार | चैत २४, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुस रुपयाँ लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो । आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।